काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको सरकार बनेपछि वृद्धभत्ता ५ हजार पुर्याउने बताउनु भएको छ । उँहाले आफ्नो सरकार बनेपछि वृद्धभत्ता ५ हजार सँगै सुकुम्वासीको समस्या पनि समाधान गर्ने बताउनु भयो ।
त्यस्तै उहाँले हाल सम्म सुकुम्वासीको समस्या पनि समाधान र ६० हजार परिवारलाई जग्गा बाँडेको समेत बताए । बिहीवार विभिन्न पार्टी परित्याग गरी प्रवेश गरेका नेता, कार्यकर्ताहरुलाई पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा स्वागत गर्दै नेपालको इतिहासमा नै अहिलेसम्म कसैले नगरेको काम आफूले गरेको दाबी गरे।
उनले भने, “यो त नेपालको इतिहासमा नै अहिलेसम्म अरुले नगरेको काम हामीले गरेका हौँ। बुढापाकालाई पेन्सन दिने काम गरेका छौँ। १०० बाट शुरु गरेका थियौँ, ४ हजार पुगेको छ, अब हाम्रो पार्टीको सरकार बन्यो भने ५ हजार पुर्याउनेछौँ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1