Wednesday, January 15
Shadow

३८ जना भन्दाबढी भारतिय नागरिक र बालबालिका उद्धार

राैतहट – जिल्लाकाे एक नगरपालिकामा अलपत्र अवस्थामा रहेका भारतीय नागरिकहरुलाई राैतहट प्रहरीले उद्धार गरेको छ ।

राैतहटकाे परोहा नगरपालिका- ४ स्थितमा रहेको अमन ईट्टा उधयोगमा केही भारतीय नागरिकहरु अलपत्र अवस्थामा रहेका थिए। भारत उत्तर प्रदेश जिल्ला समत अलियारपुर बस्ने २० जना पुरुष १८ जना महिला तथा बालबालिकाहरु अलपत्र अवस्थाबाट राैतहट प्रहरीले बुधबार उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय राैतहटले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका छन्।

अलपत्र अवस्थामा रहेको सूचना प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय राजपुरबाट खटिएको प्रहरी टोलीले निज भारतीय नागरिकहरुलाई उदार गरेकाे थियाे । उद्धार गरिएका नागरिकहरुलाई भारत बिहार जिल्ला सितामढी बैरगनिया स्थितमा रहेको एसएसबिको जिम्मा लगाइएकाे प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *