
राैतहट – प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचन मिति नजिकिँदै जाँदा उम्मेदवारहरु आफ्नो प्रचारप्रसारमा व्यस्त छन्। समाचार तयार पारिएकाे दिन देखि निर्वाचनमा जम्मा ९ दिन बाँकी रहेको छ ।
राैतहट इतिहास पानामा नाम बटुल्न सफल भएको जिल्ला हाे । राैतहटकाे क्षेत्र नं १ मा यसपालि कडा प्रतिस्पर्धा हुने भएको छ। एकातिर नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले पाँच दलिय गठबन्धनबाट मनाेनयन दर्ता गराएका हुन् भने अर्कातिर गाैर नगरपालिकाका पुर्व नगरप्रमुख अजय कुमार गुप्ताले नेकपा एमालेबाट उम्मेदवारी दिएका छन् । क्षेत्र १ मात्र नभएर जिल्लाकै चुनावी माहाेल तातिएकाे देखिन्छ।
प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गराएका दुवै उम्मेदवार माधवकुमार नेपाल र अजय गुप्ता बिच कडा प्रतिस्पर्धा हुदैछ । माधव नेपाललाई पाँच दलिय गठबन्धनकाे सहयाेग छ । यता अजय गुप्तासँग देखिएकाे भिडले जनता उनकाे पक्षमा रहेकाे देखिन्छ।
क्षेत्र नं १ का स्थानीय मतदाताहरुसँग कुराकानी गर्ने क्रममा एक मतदाता भन्छन्, ‘ म निकै गरिब छु , तर म सँग एक मत छ जुन प्रत्येक नागरिककाे अधिकार छ । यसपालि हामी जनताकाे सुख,दु:ख मा साथ दिने र समस्या समाधान गर्नेलाई राेज छाैँ’ ।
राैतहटकाे बिभिन्न पालिका घरदैलो गर्न पुगेका अजय गुप्तासँग देखिएकाे भिडले जनताले कलाई राेज्ने भनेर दर्साउँछ । रौतहट क्षेत्रमा न.१ का प्रतिनिधिसभा उम्मेदवार अजय कुमार गुप्ता र प्रदेशसभा “क “को उम्मेदवार राजकिशोर यादवले घरदैलो गर्न व्यस्त देखिएकाे छ।
यता पुर्व मेयर गुप्ता अनुसार क्षेत्र १ मा कुनै चुनाैती छैन् । उनका अनुसार आफु पुर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग प्रतिस्पर्धा नरहेकाे बताए। “यो रौतहट क्षेत्र नम्बर १ को चुनाव एकतर्फी हाम्रो पक्षमा हुनेछ । हामीले ठूलो मत ल्याएर जित्नेछौं । जनताको समस्या समधानका लागि, यस क्षेत्रको विकासका लागि उहाँले कुनै पनि भूमिका निर्वाह गर्नु भएन । देशको सर्वोच्च पद प्रधानमन्त्री भएर पनि यो क्षेत्रको विकास गर्न जोड दिनुभएन् ” उनले भने ।
“म मेयर हुँदा साढे चार वर्षको कार्यकालमा दुई वर्ष कोभिडले काम गर्न कठिन भयो तर त्यसबेला पनि मैले जति काम गरेँं, त्यति गठबन्धनका उम्मेदवार माधव (नेपाल) जीले २६ वर्षमा पनि गर्नु भएन ।” पुर्व मेयर अजय कुमार गुप्ताले भने ।