Saturday, September 14
Shadow

राैतहटकाे क्षेत्र नं २ मा डा.फिरदाेस आलमकै व्यापक चर्चा

राैतहट – चुनाव नजिकिँदै सर्वसाधारण माझ उम्मेदवारहरुकाे व्यापक चर्चापरिचर्चा सुरु भएको छ। राैतहट क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार डा.फिरदाेस आलमकाे व्यापक चर्चा सुरु भएको पाइएको छ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेश सभाकाे निर्वाचनका लागि उम्मेदवारहरुले आफ्नाे तयारीलाई तिव्रता दिएको छ। मतदातासँग भेट्न घरदलाै कार्यक्रमलाई पनि तिव्र गतिमा सारेकाे देखिन्छ।

फाइल फोटो

क्षेत्र नं २ का एक स्थानीयका अनुसार यसपालि हामी डा.फिरदाेस आलमलाई नै मत दिएर बिजय गराउने बताउँछन् । डा. आलम पाँच दलिय गठबन्धनका साझा उम्मेदवार हुन् । उनले नेपाली कांग्रेसका चुनाव चिन्ह रुखबाट उम्मेदवारी दर्ता गराएका हुन्।

फाइल फोटो

समाचार तयार पारेकाे दिन देखि निर्वाचनका लागि मात्र निर्वाचन ९ दिन बाँकी रहेकाे छ ‌। राैतहटमा कुल ४ वटा प्रतिनिधि सभा र ८ वटा प्रदेश सभा सदस्य पद रहेकाे छ । डा. फिरदाेस राैतहट क्षेत्र नं २ का पुर्व सांसद अफताब आलमकाे जेठाे छाेरा हुन् । क्षेत्रकाे बिकासका लागि आफुले उम्मेदवारी दिएकाे उनले बताए ‌।

अन्य दलहरुले उम्मेदवारी दिएपनि क्षेत्र नं २ मा नेपाली कांग्रेसकै‌ गुट बदलियाे देखिन्छ। त्यहाँका स्थानीयहरु भन्छन्, “हामी अन्य कसैलाई मत नदिएर डा. आलमलाई नै मत दिने बताउँछन्” ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *