Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114
दादागिरी शैलीमा मत माग्दै प्रभु साहका कार्यकर्ता , धरहरी‌मा झडप | Sach Tak Nepal
Monday, February 17
Shadow

दादागिरी शैलीमा मत माग्दै प्रभु साहका कार्यकर्ता , धरहरी‌मा झडप

रौतहट – जिल्लाको एक नगरपालिकामा आज क्षेत्र नम्बर ३ को स्वतन्त्र उम्मेदवार प्रभु शाह र ३( ख) प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार कुन्दन कुशवहाका समर्थन र कार्यकर्ताहरुले दादागिरी शैलीमा मत माग्दै गरेकाे स्थानीयहरुले आराेप छ ।

बुधबार (आज ) करिब ३ बजे क्षेत्र नं ३ बाट सांसदका लागि उम्मेदवारी दिएका प्रभु साहकाे मत माग्न उनकी श्रीमति एवम् माैलापुर नगरपालिकाकि नगरप्रमुख रिना साह साथै मेयर प्रेमलाल साह सहित अन्य कार्यकर्ताहरु देवाही गाेनाही नगरपालिका- ९ स्थित धरहरी पुगेका थिए । दुवै मेयर लगायत कुन्दन कुशवाहाको श्रीमति धरहरीकै स्थानीय स्वर्गीय शिक्षक सुनिल यादवको घर पुगेर प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवार प्रभुलाई र कुनै मत दिनुपर्छ भन्दै धम्काएका थिए । चर्क्राचर्की हुदै दुवैपक्ष बिच झपड भयाे । झपडकाे क्रममा ५ जना स्थानीय मतदाता घाइते भएका छन्। घाइते हुनेमा अजय यादव,सानोज यादव,मानिस यादव,रिकेश यादव,रमेश यादव लगायतका व्यक्तिहरु रहेकाे खुलेकाे छ।

हत्यारा प्रभु साहलाई मत नदिने भन्दै शिक्षक यादवकाे श्रीमती र स्थानीय आक्राेसित भए । जसपछि मेयर प्रेम लाल साह र अन्य कार्यकर्ताहरुले स्थानीयलाई कुटपिट समेत गरेकाे स्व. शिक्षक यादवकाे श्रीमतिले भनिन् । स्व. शिक्षक सुनिल यादवकाे परिवारबाट जवाफ पाएपछि मेयर एवम् वार्ड अध्यक्षको छोरा सहित दर्जनौ मानिस एक्कासी घरमा पसी लठी प्रहार गरेका थिए । घटना स्थलमा प्रहरी केवल झाराे पुगेकाे स्थानीयहरुकाे भनाई छ ।

देवाही गाेनाही नगरपालिकाका मेयर‌ प्रेमलाल नेकपा एमालेबाट निर्वाचित हुन् तर उनले स्वतन्त्र उम्मेदवारहरुलाई समर्थन गर्दै आएकाे प्रति पार्टीले कार्वाही गर्नुपर्ने स्थानीयकाे भनाई छ ‌ । पार्टीले रौतहट क्षेत्र नम्बर ३ (ख) प्रदेश सभा सदस्यमा निर्वाचित कुन्दन कुशवाहालाई पार्टीबाट निस्कासित गरेकाे थियाे ‌ ।



मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यकाे निर्वाचनका लागि प्रभुसाहले नेकपा एमालेसँग अन्तर्घात गर्दै स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएकाे पार्टीका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भनेकाे कुरा सबैमा प्रष्टै छ ‌ । यसवर्ष यस्ता हत्याराहरुलाई हामीले बहिष्कार गर्ने स्थानीयहरुकाे भनाई छ ‌।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *