Tuesday, June 18
Shadow

बोलेरो दुर्घटना दुर्घटना हुँदा ११ दिने नवजात शिशुको घटनास्थलमै मृत्यु, ६ जना गम्भीर घाइते

जनकपुरधाम । धनुषामा बोलेरो दुर्घटना हुँदा एक नवजात शिशुको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् ।

जिल्लाको लक्ष्मीनिया गाउँपालिकामा ना ३ च ३५७५ नम्बरको बोलेरो आफैं अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदिप बहादुर क्षेत्रीले जानकारी दिए ।

दुर्घटनामा परि मृत्यु भएको शिशु ११ दिनको मात्र रहेको तथा गम्भीर घाइतेहरुको नाम र ठेगाना खुल्न नसकेको डिएसपी क्षेत्रीले बताए ।

जनकपुरधामबाट ढल्केबर गईरहेको सो बोलेरो लक्ष्मीनियाको सेन्ट्रल हस्पिटल अगाडि अनियन्त्रित भएर पल्टेको डिएसपी क्षेत्रीले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएकाहरुलाई उपचारका लागि नजिकै रहेको सेन्ट्रल हस्पिटल पुर्याइएको र घटना सम्बन्धमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *