
राैतहट – आसन्न मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारहरु धमाधम प्रचारप्रसारमा जुटेका छन्। प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदकाे निर्वाचनमा अब १४ दिन मात्र बाँकी रहेको छ ।

राैतहटकाे क्षेत्र नं २ (क) बाट प्रदेश सभा सदस्य पदका लागि शेख जमसैद आलमले पाँचदलिय गठबन्धनबाट उम्मेदवारी दिएका छन्। गठबन्धनबाट प्रतिनिधिसभाका लागि डा.फिरदाेस आलमले उम्मेदवारी दिएका छन्।
विधायक पदका लागि उम्मेदवारी दिएका शेख जमसैद आलमले आज इशनाथ नगरपालिकाकाे बंजरहामा घर दैलाे कार्यक्रम सम्पन्न गरेका हुन् । आलम बंजरहा पुग्ना साथ हजारौं सर्वसाधारणकाे भिड जुटेकाे थियाे ।
स्थानीय बासिन्दाहरुका अनुसार हामीले अबकाे निर्वाचनमा गठबन्धनलाई नै समर्थन गर्ने बताए । आलमले अग्रजकाे मन जिते साथसाथै युवाकाे पनि मन जित्न सफल भएका हुन् ।
आजकाे सफल घरदैलो कार्यक्रममा इशनाथ नगरपालिका-१ का वडा अध्यक्ष बिगु व्यास , काँग्रेसका समानुपातिक उम्मेदवार ग्रिसन्नदन सिंह , इशनाथ नगरपालिकाकि नगरप्रमुख प्रत्यासी महिला नेत्री अन्जु झा साथै पाँचदलिय गठबन्धनका बिभिन्न समर्थकहरुकाे उपस्थिति रहेको थियो । गठबन्धनका साझा उम्मेदवार मंसिर ४ काे निर्वाचनमा बिजयी हुने बंजरहाका स्थानीयहरुले आर्शिवाद दिएका हुन्।