Wednesday, January 15
Shadow

घरघर पुगेर शुभकामना र आर्शिवाद ग्रहण गर्दै सांसद उम्मेदवार डा.फिरदाेस

रौतहट – आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाकाे निर्वाचनका लागि उम्मेदवारहरुकाे तयारी तिव्र रुपमा थालिएको छ । प्रतिनिधि‌ सभाका लागि राैतहट‌ क्षेत्र नं २‌ बाट उम्मेदवारी दिएका डा.फिरदाेस आलम जनताबीच चर्चा बटुल्दै छन् ।

हिन्दू धर्मावलम्बीहरूको महान पर्व लक्ष्मीपुजाकाे शुभकामना दिन घर घर पुगेका आलम युवा देखि बृद्ध सम्म चर्चामा छन् । उनले सत्तारुढ गठबन्धन नेपाली कांग्रेसबाट आफ्नो मनाेनयन दर्ता गराएका थिए।

मनाेनयन दर्ता गराएपछि उनी घरदैलो कार्यक्रम तर्फ लागेका हुन् । साेमबार लक्ष्मीपुजाकाे आर्शिवाद लिन र शुभकामना दिन उनी राैतहटकाे इशनाथ नगरपालिका स्थित केही वडावासीकाे घरमा पुगेका थिए ।

फाइल फोटो


डा.फिरदाेस आलमले आज इशनाथ नगरपालिकाकाे मनसरी , जटहरा र मोतिपुरमा घरदैलो सम्पन्न गरेका हुन् ।‌ उनी पुग्नासाथ जनताहरुकाे जनलहर देखिएकाे थियो । माला टिकासँग उनलाई नगर, वडा भित्र स्वागत गरे । ” तपाई ढुक्क हुनुहोस् तपाईलाई हामीले बिजयी गराउँछाै ” त्यहाँका स्थानीयहरुले भनेका थिए ‌।

त्यस्तै उनले अगामी मंसिर ४ हुन लागेकाे निर्वाचनमा शिक्षित र जनताकाे सेवा गर्ने उम्मेदवारलाई मत दिन अनुराेध गरे । यदि तपाईलाई लाग्छ कि म तपाईकाे त्यही सेवक‌ हु भने मात्र आफुलाई मत दिन समेत आलमले भने ।

” म पहिले पनि जनताकाे सेवा गर्दै थिए, आज पनि गर्दैछु र अगामी दिनमा पनि गर्दै जाने ” डा. फिरदाेस आलमले भने । आफु सफल चिकित्सक भएकाे कारण पनि देश र क्षेत्रलाई कसरी भष्ट्रचारीहरुकाे उपचार गर्ने साथै कसरी व्यवस्थित र विकास तर्फ उचाल्न सक्ने भनेर अवगत रहेको बताए ।

डा. फिरदाेश आलम



केही राजनिति बिशेषज्ञहरुका अनुसार प्रतिनिधि सभा सदस्य पदमा डा. फिरदाेस आलमकाे जीत सुनिश्चित भएको बताउँछन् । अर्कातिर जनता समाजवादी पार्टी नेपाल र नेकपा एमालेकाे गठबन्धनबाट उम्मेदवारी दिएका ‌शलेन्द्र साह र स्वतन्त्रबाट प्रतिनिसभा सदस्यका लागि उम्मेदवारी दिएका किरन साह बिचनै प्रतिस्पर्धा देखिएकाे छ । यी दुवै एक अर्काको मत काट्दै जाँदा उता जित आलमकै देखिएकाे जनताहरुकाे भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *