Sunday, September 15
Shadow

भारतीय गाडीको लस्कर लागेर गरियो मन्त्रीकै प्रचार

कपिलवस्तु – लुम्बिनी प्रदेशका भौतिक योजना मन्त्री तथा कपिलवस्तु क्षेत्र नं १ को २ का उम्मेदार सहश्रराम यादवको प्रचारमा भारतीय गाडीको प्रयोग भएको पाइएको छ । बहालवाला मन्त्रीकै प्रचारमा यसरी गाडीको लस्कर लागेपछि उनी विबादमा तानिएका छन् ।

यादवको प्रचारमा आचारसंहिता विपरीत भारतीय गाडीको प्रयोग हुँदै आएपनि अहिलेसम्म निर्वाचन आयोगमा उजुरी भने परेको छैन । शनिबार नेपाली काँग्रेसका उमेद्वार सहसराम यादवको प्रचारमा उनका कार्यकर्ताले भारतीय नम्बर प्लेटको गाडी प्रयोग गरेका कपिलवस्तुको पकडीमा आयोजित कार्यक्रममा मन्त्री यादवसँगै ती भारतीय गाडी प्रयोग भएको हो ।

यादवको प्रचारमा भारतीय गाडीको लस्करमा आएर उनका कार्यकर्ता तथा स्थानीय नेताहरुको उपस्थितीमा शनिबार प्रचार कार्यालय उद्घाटन गरिएको छ । यादव यसअघि जसपाबाट निर्वाचित भएर मन्त्री बनेका नेता हुन् । उनले अहिले मनोनयन गर्ने दिन नेपाली कांग्रेस प्रवेश गरेर उम्मेदारी दर्ता गरेको काँग्रेस नेता कार्यकताहरुले नै बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *