Tuesday, January 21
Shadow

निर्वाचनका लागि राैतहटमा आज देखि म्यादीकाे तालिम सुरु

राैतहट – प्रतिनिधि सभा र प्रदेश सभा सदस्यकाे निवार्चनका लागि छनाेट भएका म्यादी प्रहरीहरुकाे तालिम आजबाट सुरु भएको छ ।


मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्यकाे निवार्चनमा शान्तिसुरक्षाका लागि नेपाल प्रहरीले ठुलाे संख्यामा म्यादी प्रहरीकाे माँग गरेकाे थियाे । साेही‌ छनाेट भएका म्यादी प्रहरीकाे तालिम आजबाट हुदैछ ।


म्यादी प्रहरी भर्ना तथा छनौट, नियुक्ति तथा परिचालन मापदण्ड २०७९ अनुसार म्यादी प्रहरीमा भर्ना खुलेको थियो । भर्ना खुलेसँगै ९ हजार २ सय २६ ले राैतहटमा आवेदन दिएका थिए । जसमध्ये कुल माँगपद संख्या २९३९ रहेकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुनिल मल्लले जनाएका थिए।

छनाेट भएका म्यादीहरुलाई आजबाट जिल्ला प्रहरी कार्यालयले तालिम दिदैछ ‌। गाैर स्थित राइस मिलबाट तालिमकाे उद्घाटन भएको छ ।

उक्त उद्घाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी उपरीक्षक बिरबहादुर बुढामगर, प्रहरी नायब उपरीक्षक सुनिल मल्ल लगायत अन्य प्रहरी टाेलीहरु साथै छनाैट भएका म्यादी प्रहरीहरुकाे उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *