Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114
सामानुपातिकमा कसरी हुन्छन् सांसद निर्वाचित ? | Sach Tak Nepal
Monday, March 17
Shadow

सामानुपातिकमा कसरी हुन्छन् सांसद निर्वाचित ?

काठमाडाैँ – प्रतिनिधिसभा १ सय १० र प्रदेशसभातर्फ २ सय २० सिटका लागि हाल दलले बुझाएको बन्द सूचीमा दाबी उजुरी जारी छ । यही असोज २३ गतेबाट सुरु भएको सो कार्यक्रम यहि २९ गतेसम्म जारी रहने छ ।

सबै वर्ग र जातजातिलाई राज्य संरचनाको सबै तहमा सहभागी गराउन २०६४ सालको संविधानसभा निर्वाचनमा पहिलोपटक प्रयोग गरिएको समानुपातिक निर्वाचन प्रणालीमा कसरी उम्मेदवारी निर्वाचित हुन्छन् भन्ने चासोको विषय बनेको छ ।

प्रतिनिधिसभामा १ सय १० सिट र प्रदेशसभामा २ सय २० सदस्य समानुपातिकतर्फबाट उम्मेदवार चयनका लागि दलहरुले यही असोज २ र ३ गते उम्मेदवारी दर्ता गराएका थिए । आयोगको निर्वाचन तालिका अनुसार दलहरुले बन्द सूची पेश गरिसकेका छन् । दलहरुले पेश गरेको सूचीका आधारमा निर्वाचन आयोगले पहिलो चरणको बन्दसूची सार्वजनिक गरिसकेको छ ।

अहिले दोस्रो चरण अन्तर्गत दलहरुले पेश गरेको नामावलीविरुद्ध दाबी उजुरी पेश गर्ने कार्यक्रम जारी छ । सो कार्यक्रम यहि २९ गतेसम्म चल्ने छ । सो समयावधीमा केहि नामावलीमा दाबी उजुरी परेको खण्डमा त्यसलाई सच्याएर आयोगलले पुन कात्तिक ८ गते अर्को सूची प्रकाशन गर्ने छ भने कात्तिक ९ गते आयोगले अन्तिम बन्द सूची सार्वजनिक गर्ने छ ।

यस्तै मंसिर ४ गते हुने निर्वाचनबाट मतपरिणाम सार्वजनिक भएपछि दलहरुले प्राप्त गर्ने मतका आधारमा आयोगले कुन दलले कति सिट पाउने हो भन्ने निर्धारण गर्ने छ । त्यसपछि दलहरुले बन्द सूचीमा परेका समावेशी चरित्र सहितका उम्मेदवारलाई सिफारिस गरेर पठाउने छन् । त्यसपछि संघीय संसदमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत र समावेशी समूहबाट प्रतिनिधित्व सुनिश्चित हुने गरि आयोगले सिफारिसमा परेका उम्मेदवारलाई निर्वाचित घोषणा गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *