राैतहट – गएराति लागुऔषधसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। राैतहट प्रहरीले शुक्रबार करिब ९ बजेकाे समयमा माैलापुर देखि काठमाडौंका लागि छुटेकाे यात्रु बसबाट प्रतिबन्धित लागुऔषध सहित २ जनालाई नियन्त्रणमा लिएको हो।
मौलापुरबाट काठमाण्डौ तर्फ जानको लागि रात्री बस जिल्ला रौतहट गौर नगरपालिका – ४ बसपार्क भित्र पुगेकाे थियो । गाैर बसपार्क पुगेको ना.८ ख-४७१८ नंम्बरको यात्रु वाहक शुसिल डिलक्स बसलाई चेकजाँच गर्दा बसबाट डाईजोपाम ५७५ थान ऐम्पुल, फेनरागन ५ सय ७५ थान, नुरफिन ५ सय ७५ थान र नाईट्रोभेट ट्याबलेट ४ हजार ५ सय ५० पिस गरी कुल ६ हजार २ सय ७५ प्रतिबन्धित लागुऔषध फेला परेकाे जिल्ला प्रहरी कार्यालय राैतहटका प्रवक्ता सुनिल मल्लले जानकारी दिनु भयाे । चेकजाँच गर्ने क्रममा उक्त लागुऔषध बसको डिकिमा चामलको बोरा भित्र राखिएको उनले बताउनुभयो ।
लागुऔषध फेला परेपछि जिल्ला रौतहट मौलापुर नगरपालिका- ६ पथरा वस्ने वर्ष २६ को सहचालक भाग्य नारायण साह र सामान लोड गर्ने पथराकै वर्ष २९ को मौजेलाल यादवलाई नियन्त्रणमा लिइएको थियो। उक्त लागुऔषध सहित २ जनालाई जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
राैतहट भारतसँग जोडिएको सिमावर्ती जिल्ला हो। भारतबाट नेपाल जाेडिएकाे नगर गाैर हाे । जसकारण लागुऔषध सहजै जिल्ला भित्रिन्छ । जिल्ला भित्रिएपछि यसरी बस चालक र सहचालककाे मिलाेमताेमा देशकाे विभिन्न स्थानहरुमा उक्त लागुऔषध पुर्याइन्छ।
यसअघि भारत तर्फ लग्दै गरेकाे २०४ किलाे गाँजा राैतहट प्रहरीले नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी कार्यालय राैतहट समेत लागुऔषध ओसारपसार गर्नेहरुलाई खाेज गर्न सक्रिय भएकाे देखिन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1