Sunday, July 21
Shadow

सन्दिपलाई पक्राउ गरि गाैशाला वृत लगियाे

काठमाडौं – बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछाने बिहीबार बिहान पक्राउ परेका छन् । उनलाई अहिले हतकडी लगाएर प्रहरी वृत्त गौशालामा लगिएको एक प्रहरी अधिकारीले जानकारी दिए ।

उनले आफूलाई हतकडी नलगाउन प्रहरीलाई आग्रह गरेका थिए ।

दोहाबाट कतार एयरवेजको विमानमार्फत आज बिहान नेपाल फर्किएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबार्ट नियन्त्रणमा लिइएको हो ।

कतार एयरवेजको क्यूआर ६४८ कलसाइन भएको विमानमार्फत सन्दीप स्वेदश फर्किएका हुन् । सन्दीपमाथि गएको भदौ ५ गते काठमाडौंको एक होटेलमा नाबालिगमाथि बलात्कार गरेको आरोप छ ।

काठमाडौंको होटेल काठमाडौं इनमा सोही राति सन्दीपले ती किशोरीलाई पटक–पटक बलात्कार गरेको उजुरीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *