Saturday, October 5
Shadow

जनकपुरकाे राजदेवी मन्दिरमा करिब १५ हजार बाेकाकाे बलि

जनकपुर – जनकपुरधामको राजदेवी मन्दिरमा बलिप्रदानको कार्यक्रम सकिएको छ। सोमबार राती ८ बजेदेखि सुरु भएको बलिप्रदान मंगलबार बिहान् ३ बजेर ५३ मिनेटसम्म चलेको थियो।

यसवर्ष राजदेवी मन्दिरमा १४ हजार ९ सय ४१ बोकाको बलि दिइएको हो। बलिप्रदानका लागि हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरू सोमबार दिउँसैदेखि बोका लिएर लाममा बसेका थिए।

बोकाबलीका लागि यसपालि मन्दिरमा ४ वटा ठेहा राखिएको थियो। प्रत्येक ठेहाका लागि १० जनाको समूहमा स्वयंसेवक परिचालित गरिएको थियो। एउटा ठेहामा ६ वटा गरी प्रतिमिनेट २४ वटा बोकाको बलिप्रदान भएको थियो।

राजदेवी मन्दिरमा यसअघि २०७८ सालमा १४ हजार ३ सय ६६ बोकाको बलिप्रदान गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *