Wednesday, January 15
Shadow

सल्यानमा जिप दुर्घटनाग्रस्त, ८ जनाकाे ज्यान गयो

सल्यान – सल्यानमा जीप दुर्घटनामा परेर आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट बिहेको भोज खाएर सल्यान फर्किएकाहरु कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटनामा परेका हुन् ।

प्रहरीका अनुसार मूलपानीनजिकै आज बिहान २ बजे तिर जीप दुर्घटनामा परेको थियो । दुर्घटनामा एकजना गम्भीर घाईते भएका छन् । दुर्घटनामा मृत्यु भएका कसैको नाम खुल्न नसकेको ट्राफिक कार्यालय कपुरकोटका प्रहरी सहायक निरीक्षक डिल्लीप्रसाद आचार्यले जानकारी दिनुभयो ।

अहिले ट्राफिक तथा इलाका प्रहरी कार्यालय कपुरकोट, लुहामको प्रहरीको टिम घटनास्थलमा पुगेर उद्धारमा जुटेको छ । प्रहरीका अनुसार गाडी सडकदेखि करिब दुई सय मिटर तल खोँचमा खसेको छ । गाडीमा नौ जना सवार रहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *