Wednesday, January 15
Shadow

दशैंमा भीड र यातायात नियन्त्रण गर्न सानो दिपको बैठक सम्पन्न

बिरगंज । दशैँमा देशका हरेक ठाउँमा भिड लाग्नु सामान्य हो । मधेश प्रदेशको बिरगंजमा पनि दशैँका बेला अत्याधिक भिड हुने गरेको छ । भिड नियन्त्रणबारे चर्चा गर्न बिरगंजकै एक संस्था सानो दिप क्लबले आफ्नो बैठक सम्पन्न गरेको छ ।

सोमबार बसेको बैठकबाट दशैँमा हुने भिड र यातायात व्यवस्थापन सम्बन्धी चर्चा भएको थियो । साथै सानो दिप सँस्थामा जुटेका नयाँ सदस्यहरुसँग पनि परिचय आदान प्रदान भएको सँस्थाका अध्यक्ष कृष कुर्मीले बताए ।

सानो दिप जसलाई अंग्रेजीमा “अ लिटल लाइट” पनि भनिन्छ । पछिल्ला दिनहरुमा पनि सानो दिप सँस्थाले विभिन्न उत्सव, दिवस जस्ता दिनहरुमा टाढाबाट आउने व्यक्तिहरुलाई निःशुल्क खानाको व्यवस्था मिलाउने काम गर्दै आएको छ । साथै यो सँस्था समाजिक कार्य, बालबालिका क्षेत्र, मानवताको उदेश्यले सञ्चालन गरिएको सँस्थाका अध्यक्ष कृष कुर्मीले बताए ।

सँस्थाका अध्यक्ष कुर्मीको अध्यक्षतामा सोमबारको बैठक सम्पन्न भएको हो । उक्त कार्यक्रममा सानो पाइलाका सामाजिक परिचालनकर्ता फिरोज अन्सारी प्रमुख अतिथिका रुपमा पुगेका थिए । वरिष्ठ अतिथिका रुपमा भरपेट भोजनालयका इन्र्चाज भाजु पटेल समेतको उपस्थिता रहेको थियो ।

सोमबार आयोजित बैठकमा सँस्थाका उपाध्यक्ष आयशा पटेल, सचिव रोशनी जैसवाल, सहसचिव विकास पटेल, कोषाअध्यक्ष विवेक कुमार पटेल, सदस्य राजीव यादव, बिटु गुप्ता, सुजित गुप्ता, इन्सुहिया , श्रुति पटेल, दिव्यांशु कर्ण, आलोक, आशिष, विश्वराज, अभिषेक, युवराज र ओम लगायतका सदस्यहरुको सहभागिता रहेको थियो । सानो दिप क्लबमा नयाँ सदस्यता लिएका सदस्यहरुलाई सम्मान साथ सँस्थामा स्वागत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *