Tuesday, January 21
Shadow

गौशाला त्रिभुवन मा.वि को एक शिक्षकको अश्लिलता ,केहि विद्यार्थीले छोडे विद्यालय

गौशाला – महोत्तरीको गौशालामा रहेको त्रिभुवन मा.वि.मा अध्यापन गराउने एक शिक्षकले आफ्नै विद्यार्थीलाई गलत कार्य गर्न दबाद दिएको घटना बाहिरिएको छ ।

त्रिभुवन मा.वि.मा कक्षा २ अध्ययनरत मुस्लिम समुदायको एक ११ वर्षीय छात्रालाई सोहि विद्यालयमा वर्षौदेखि पढाउदै आइरहेको शिक्षक दिनेश प्रसाद सिंहले अश्लिल कार्य गर्न दबाद दिएको छात्राले आरोप लगाएकी छिन ।

शिक्षकले कक्षामा सम्पूर्ण विद्यार्थीहरुको अगाडी नै अपशब्द बोल्ने गरेका छन् ।पिडित छात्राले भनिन्, “यो शिक्षकले सधै बालिकाहरुलाई गलत नियतले हर्ने गरेका छन् । गृहकार्य जांच गर्ने बहानामा छात्राहरुको संवेदनशिल अंग छुने प्रयास गर्छन । साथै गृह कार्य नगरेको पाइएमा शिक्षकले “पछाडी फर्क ,कपडा खोलेर हिपमा हान्छु “ जस्तो अपशब्द प्रयोग गर्ने गरेका छन्।”
शिक्षक सिंहको यस्तो अश्लिल हर्कतले केहि विद्यार्थीले पढ्न समेत छोडेको अर्को एक १२ वर्षीय पिडित बालिकाले गुनासो गरिन । छात्राहरुले यस्तो नगर्नुस भनेर पटक पटक विन्ती गरेपनि शिक्षक सिंहले आफ्नो व्यवहार परिवर्तन नगरेकोले विद्यालय नै छोड्न बाध्य भएको ति बालिकाहरुले गुनासो गरे ।

बिहिबार पनि शिक्षक सिंहले त्यस्तो व्यवहार गरेपछि बालिकाले आफ्नो परिवारलाई बताएकी थिइन् । छात्राको परिवारले शिक्षक सिंहको गलत कार्यको गुनासो विद्यालयका प्रधानाध्यापक अमोध साह समक्ष लिएर जादा उक्त घटनालाई ढाकछेप गर्ने प्रयास गरेको पिडितको परिवारले आरोप लगाएका छन् ।

प्रधानाध्यापकले “यो घटनालाई अगाडी नबढाउनुहोस् ,त्यो शिक्षकलाई म कारवाही गर्छु र शिक्षकको तर्फबाट माफी चाहन्छु” भन्दै घटना लुकाउने प्रयास गरेको पिडित परिवारले बताए ।

दोषी शिक्षकले गौशाला बजारमा रक्सिको पसल वर्षौ देखि चलाउदै आइरहेको र आफुले पनि रक्सि खाने गरेको उनका छरछिमेकी बताए ।

यता दोषी शिक्षकले पिडित बालिकासमक्ष हात जोडेर पटक पटक माफी मागेका छन् । उनले भने “अब म यस्तो कार्य गर्दिन ,रक्सि पसल पनि छोडदिन्छु र यहाँबाट सरुवा गराएर गइहाल्छु ।”

स्रेात

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *