Tuesday, January 21
Shadow

पेस्तोल र गोलीसहित बुटवलबाट एक जना पक्राउ

बुटवल– बुटवल उपमहानगरपालिका–९ इटाभट्टास्थित होटल नमोबुद्धबाट एक थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने तीन राउण्ड गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाग्लुङ घर भई हाल बुटवल उपमहानगरपालिका–८ सुख्खानगर बस्ने ३३ वर्षीय सन्तोस सलामी रहेका छन् । उनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले कोठा र उनको शरीर तलासी गर्दा उक्त पेस्तोल र गोली फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *