
राैतहट । राैतहट जिल्लाकाे फतुवा विजयपुर नगरपालिकाले छैटौ नगरसभा बुधबार सम्पन्न गरेको छ ।
फतुवा विजयपुर नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा ४९ करोड ४९ लाख ९९ हजार बजेट प्रस्तुत गरिएको छ । नगरपालिकाकाे कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले उद्घाटन गर्दै बजेट प्रस्तुत गरिएकी थिइन् । चालू आवका लागि कुल संशोधित बजेट ४९ करोड ४९ लाख ९९ हजार नगरसभाबाट स्वीकृती भएको छ ।
स्वीकृत ऐन र कार्यविधिमा स्थानीय वातावरण तथा प्राकृतिक स्रोत संरक्षणसम्बन्धी विधेयक, पूर्वाधार, सुशासन, खेलकुद, कृषि तथा पशु,उद्यमशील्ता तथा प्रवद्धन नीति,उद्योग तथा व्यापार निति,पर्यटन निति,सार्वजनिक निजि साझेदारी निति,समाजिक विकास नीति,स्वास्थ्य तथा पोषण नीति,महिला बालबालिका किशोर किशोरी,जेष्ठ नागरिक, अपांगता तथा समाज कल्याण निति, समाजिक विकास,सुरक्षा तथा संरक्षण नीति,सुचना तथा संचार निति,विपद् व्यवस्थापन नीति लगायतका दर्जनौं लोककल्याणकारी नीति प्रस्तुत गरिएको छ।
नगरसभामा नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत शम्भु यादवले आर्थिक पक्ष, ऐन तथा कार्यविधि प्रस्तुत गरेका थिए ।
नगरपालिकाको लेखा प्रमुख नवीन यादवद्वारा संघिय वितिय समानीकरण अनुदानबाट १२ करोड ७९ लाख, प्रदेश वित्तीय सानिकरण अनुदानबाट ९० लाख ६७ हजार, संघिय राजस्व वाडफाटबाट १० करोड २ लाख ३२ हजार,प्रदेश राजस्व वाडफाटबाट ३५ लाख, संघीय सशर्त अनुदानबाट २१ करोड ८३ लाख, प्रदेश शसर्त अनुदानबाट ८० लाख, प्रदेश सम्पुरक अनुदानबाट २० लाख, प्रदेश विशेष अनुदानबाट ३० लाख प्रतिवेदनमा आन्तरिक आय चालू वर्षका लागि १ करोड ६५ लाख, मालपोत वाडफाटबाट प्राप्त ६५ लाख गरि कुल ४९ करोड ४९ लाख ९९ हजार बजेट प्रस्तुत गरिएको छ।
नि . प्रमुख खातुनले इमन्दारिता र आर्थिक पारदर्शीका आधारमा काम अघि बढाइएको भन्दै सबै पक्षको सकारात्मक सहयोगको आपेक्षा रहेको बताइन्।
नगरपालिकाको वडा नम्बर ८ का वडा अध्यक्ष राकेश यादवले आफ्नो मन्तव्य राख्दै नगरपालिकाको आफ्नो निजि भवन ,नगर अस्पताल लगायतका विकास कार्य यहीँ आर्थिक वर्षबाट शुभारम्भ हुने बताएका छन्।
विपक्षीका षड्यन्त्रका कारण आर्थिक हिनामिनाको आरोपमा निलम्बित रहेका मेयर गोपाल यादव छिटै सफाइ पाएर आफ्नो कार्यक्षेत्रमा फर्किने वडा अध्यक्ष यादवले सम्पूर्ण नगरबासीलाई विश्वस्त गराएका छन्।
नेपाली काङ्ग्रेसका नगर सभापति बाबुराम अधिकारीको प्रमुख अतिथ्यमा सम्पन्न भएको छैठौं नगर सभा कार्यक्रममा नगरका सम्पूर्ण वडा अध्यक्ष, नगरबासी, सुरक्षाकर्मी,पत्रकार लगायतका उपस्थिति रहेको थियो।