Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114
निर्माण व्यवसायी संघका पदाधिकारीहरुलाई मन्त्री यादवद्वारा बधाई तथा शुभकामना | Sach Tak Nepal
Monday, March 17
Shadow

निर्माण व्यवसायी संघका पदाधिकारीहरुलाई मन्त्री यादवद्वारा बधाई तथा शुभकामना

प्रेम यादव
राैतहट। निर्माण व्यवसायी संघका नवनिर्वाचित पदाधिकारीहरुलाई मधेश प्रदेश सरकारका कृषि,सहकारी तथा भूमि व्यवस्था राज्यमन्त्री माननिय याेगेन्द्र राय यादवले फुलमालासहित बधाई एवम् स्वागत गर्नुभएको छ।

फाइल फोटो

मंगलबार जनता समाजवादी पार्टी (जसपा) नेपालकाे पार्टी कार्यालय गाैरमा प्रथम पटक आउनुभएको संघका अध्यक्ष ई.कृष्णदेव यादव , उपाध्यक्षसहितका पदाधिकारीहरुलाई मन्त्री यादवले फुलमालासाथ सम्मान गर्दै बधाई ज्ञापन गर्नुभयाे ।

” निर्माण व्यवसायी संघका अध्यक्ष र पेशाले इन्जिनियर रहेका नवनिर्वाचित कृष्णदेव यादव लगायत कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरुले नगर, जिल्ला र देश निर्माणमा अहम भुमिका निर्वाह गर्नुहुनेछ भन्न आशासाथ बधाई ज्ञापन गर्दछु ” कृषि, सहकारी तथा भूमि व्यवस्था राज्यमन्त्री याेगेन्द्र राय यादवले भने ।

राज्यमन्त्री याेगेन्द्र राय यादव

बिगतका‌ दिनमा निर्माण व्यवसायी संघकाे माध्यमबाट गुनस्तरहिन निर्माणले गर्दा बिभिन्न किसिमका आलाेचना पनि सुन्ने गरेकाे हाे। मन्त्री यादव भन्छन् “बनाइएका निमार्ण संरचनाहरु पनि असिमित भन्दापनि केही दिनमै भत्किने गरेकाे छ जसलेगर्दा पनि देश कतै थैला पर्न सक्छ कि भन्न आशंका आइरहेकाे हुन्छन् । तथापि अध्यक्ष यादव युवा हुनुहुन्छ, पेशाले पनि इन्जिनियर हुनुहुन्छ , सबैथाेक बुझेका हुन् , सम्झेका हुन् र युवा जाेस भएकाे कारणले यहाँकाे नेतृत्वमा राैतहटकाे निर्माण व्यवसायी संघ सफला, समृद्धता गराेस् र आफ्नाे पेशागत संगठनकाे प्रतिष्ठा सँगसँगै मान मर्दनमा टेवा पुगाेस् भन्ने पुनः हाम्रो कामना छ । ”

नवनिर्वाचित पदाधिकारीहरुलाई जसपा नेपालकाे पार्टी कार्यालय राैतहटमा स्वागत गर्दै मन्त्री यादवले समग्र राैतहटकाे निर्माण कसरी सम्भव भन्ने छाेटकरी चर्चा समेत गरेका थिए ।

ई. कृष्णदेव यादव, अध्यक्ष निमार्ण व्यवसाय संघ

राजदेवी नगरपालिकाका पूर्वमेयर तथा निर्माण व्यवसायी धिरेन्द्र सिंहलाई १२ मतले पराजित गर्दै ई. कृष्णदेव यादव अध्यक्षमा निर्वाचित भएका हुन्। संघको सातौ साधारण सभामा भएको निर्वाचनमा  अध्यक्षमा निर्वाचित यादवले १६० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी सिंहले १४८ मत प्राप्त गरेका थिए ।

यसैगरी संघको वरिष्ठ उपाध्यक्षमा उपेन्द्रकुमार यादव निर्वाचित भएका छन् । उपाध्यक्षमा उपेन्द्र यादव, महासचिवमा श्रीकान्तप्रसाद यादव, सचिवमा कल्याण कार्की, कोषाध्यक्षमा विक्रान्त विक्रम नेपाल र सहकोषाध्यक्षमा वीरेन्द्र चौधरी रहेका छन्। संघको क्षेत्रीय उपाध्यक्षहरूमा क्रमश पवन किशोर साह, प्रमोद कोइरी र रामवषिष्ठ राय यादव रहेका छन् ।

त्यस्तै सदस्यहरुमा वीरेन्द्र प्रसाद, नितेश यादव, सवीन्द्र नारायण साह, प्रमोदकुमार यादव, सरोजकुमार यादव, विवेक सिंह, सुनरजितकुमार गिरी, मुरलीधर यादव, मोहम्द मनिर शेख रहेका छन्।

कृषि राज्यमन्त्री याेगेन्द्र यादवले हिन्दू धर्मावलम्बीहरूको आउन लागेको महान चाड पर्व दशैंमा दुर्गा माताले सुख, समृद्धि र शक्ति देओस् भन्ने शुभकामनाका समेत व्यक्त गरेका छन्। साथै संघका पदाधिकारीहरु पार्टी कार्यालयमा आएकाे निम्ति हार्दिक धन्यवादसहित मधेश प्रदेश सरकारकाे तर्फबाट पनि पुनः बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे हुन् ।

फाइल फोटो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *