सैलेश तिवारी
बारा । पत्रकारिता पेशामा केहि अपराधी मनस्थित बोकेका ब्यक्तिहरूले गर्दा हालको समयमा अधिकान्स पत्रकारहरू माथि औला उठन थालिएको छ । भुमिगत रहि पत्रकारिता गर्दै आएकाहरूले केहि रकमको लोभमा परि कुनै प्रहरी माथि आरोप प्रत्यारोप लगाउदै समाचार सम्प्रेषण गरेको पाइएको हो ।
भादौ २१ गते बाराको बलिरामपुर मुसहर्वा सिमानाकाको समाचार प्रकाशन भएको थियो । प्रहरी हवल्दार चन्द्र भुषण मिश्राको सेटिङ्ग अवैध धन्दा फस्टाएको शिर्षक राखि समाचार सम्प्रेषण गरिएको थियो । तर प्रहरी हवल्दार मिश्राको श्रीमतीको मुटुको अपरेसन भएको कारण मिश्रा आफ्नो श्रीमतीको हेरचाह गर्नको लागि सधैं घर जान्छन् । उनि बलिरामपुर मुसहर्वा प्रहरी चौकिमा कार्यरत रहेका छन् तर घुमुवा नभइ उनि आफ्नो ड्युटीमा खटने गरेको प्रहरी चौकिका प्रमुख प्रहरी नायब निरीक्षक रोशन अधिकारी बताउछन ।
प्रहरी नायब निरीक्षक अधिकारीले आफ्नो ड्युटी सकाएर नजिकै बिरगंज रहेको घरमा बाल बच्चाको समस्या बुझन जान्छन ।
प्रहरी हवलदार मिश्र आफ्नो ड्युटी इमान्दारिता पूर्वक निर्वाह गर्छन, उनले भने । मिश्रलाइ कुनै किसिमको घुमुवा नराखेको समेत प्रहरी नायब निरीक्षक अधिकारीले जिकिर गरे । छिमेकि रास्ट्र भारतको सुरक्षाकर्मि र सशस्त्र प्रहरी ब्यापक रूपमा परिचालन भएको बेला तस्करी कार्य असम्भव रहेको बेला बदनाम गर्ने बदनियत बोकि समाचार सम्प्रेषण गरिएको समेत दाबि गरे ।
सीमा नाकामा पैसा कमाउन उदेश्य बोकेर आएका पत्रकारलाइ खर्च नदिदा यस्ता किसिमको हवादारी समाचार लेख्ने गरेको समेत दुखेसो पोखे । २४ औ घन्टा दिनको दिन रातको रात नबुझि जनताको निम्ति खटिने प्रहरीलाइ गैर जिम्मेवार तरिकाले समाचार सम्प्रेषण गरेको प्रति दुख प्रकट गरे ।
यता आर्थिक कलेक्सनको मानसिक्ता बोकि धर्मेन्द्र यादव नामक पत्रकारले फोन समेत गरेको प्रहरी हवलदार मिश्रले स्विकार्छन । सीमा नाकामा पैसा कमाउन उदेश्यले आफु नआएको र आफ्नो संगठनले पठाए बमोजिम आएको बताउनु भयो । उनले भने, आफुलाइ संगठनले जहा पठाए जान तयार छु, तर ठगहरूको कुरा मान्न तयार नरहेको जिकिर गरे ।
बिभिन्न मिडियाको माध्यमले प्रहरीलाइ बदनाम गर्दै आएका धर्मेन्द्र यादव आफै फरार अभियुक्त रहेको खुलेको छ । तर सीमा नाकामा ब्यापक कडाइ भएकै बेला सशस्त्र प्रहरी बल नेपालका २ नम्बर बाहिनि पति गणेश ठाडा मगरको समेत नाम बदनाम गर्न आतुर भएको देखिन्छन । यसमा समबन्धित निकायको ध्यान पुगोस ।