Tuesday, June 18
Shadow

मिटरब्याजी पिडितमाथि प्रहरीद्वारा लाठीचार्ज , २० जना प्रदर्शनकारी नियन्त्रणमा

सचतक नेपाल न्यूज डेस्क,
काठमाण्डौं । मिटरब्याजका पीडित किसानहरुमाथि नेपाल प्रहरीले लाठी चार्ज गरेको छ ।

४१ दिनदेखि माइतीघर मण्डलमा भेला भएर धर्ना दिइरहेका मिटरब्याजका पीडित किसानहरुमाथि नेपाल प्रहरीले लाठी चार्ज गरेको हो ।

तराईका विभिन्न जिल्लाबाट आएर कीर्तिपुरमा अस्थायी बसोबास गर्दै आएका पीडितहरुलाई प्रहरीले कीर्तिपुरमा रोकेर लाठी प्रहार गरेको हो ।

प्रहरीको कुटाईबाट केहि पिडित घाइते भएका छन् । प्रहरीले २० प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले घेरावन्दी गरेपनि आफुहरु न्यायको लागि सरकार सामु जाने भन्दै नारावाजी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *