
सचतक नेपाल डेस्क,
२४ भाद्र, राैतहट । बृहत नि: शुल्क विशेषज्ञ स्वास्थ्य शिविरकाे उद्घाटन गर्न पुर्वप्रधानमन्त्री एवंम नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल राैतहटकाे गाैर पुगेका छन्।
एकिकृत सरकारी कर्मचारी संगठन, नेपालले आयाेजना गरेकाे नि:शुल्क शिविरकाे उद्घाटनमा गर्न उनी राैतहटकाे गाैर स्थित दाल मिलमा पुगेका थिए।
आजबाट शुरु भएको शिविर आइतबारसम्म हुने बताइएको छ। उक्त शिविरमा प्रमुख कन्सल्टेन्ट सर्जन डा. इन्द्र कुमार झा, न्यूराेमेडिसिन डा. अविनाश कुमार झा, कार्डियाेलाेजिष्ट डा. सतिश सिंह, एसाेसेट प्राेफेसर कन्सल्टेन्ट डा. पशुपति बाबु पाेखरेल र डेन्टल डा. गरिमा खड्का लगायतका अन्य विशेषज्ञय चिकित्सकहरु टाेली पुगेका छन्।
गाैर नगरपालिका, राजदेवी नगरपालिका, बृन्दावन नगरपालिका ,बाैद्धिमाई नगरपालिका र प्रादेशिक अस्पताल गाैरकाे सहयोगमा शुक्रबार देखि शिविर सञ्चालनमा आएकाे हाे ।
उक्त कार्यक्रममा प्रमुख अतिथि माधव कुमार नेपाल , रामकुमार भट्टराई, कृषि राज्यमन्त्री माननिय याेगेन्द्र राय यादव, गाैर नगरपालिकाका मेयर शम्भु साह, दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंह लगायतका वरिष्ठ नेताहरुकाे उपस्थिति रहेको थियो।
राजनीतिमा नयाँ माेडकाे सम्भावना
शिविरलाई सम्बाेधनकाे क्रममा मन्चमा बिभिन्न पार्टीका शीर्ष नेताहरुकाे उपस्थिति रहेको थियो। गठबन्धनका नेताहरु एकै साथ देख्नु राजनीतिमा पकै नयाँ माेड लिने दर्शाउँछ।

एउटा तस्वीरमा अध्यक्ष नेपाल र कृषि राज्यमन्त्री मा. याेगेन्द्र राय यादवलाई सँगै देखिएका हुन् ।उक्त तस्बिरले क्षेत्र नं १ ख बाट प्रदेश सभा उम्मेदवारी यादवलाई टिकट पाउने प्रबल सम्भावना दर्शाउँछ ।