Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114
माैलापुर: पैसाकाे‌ प्रलाेभनमा‌‌ नक्कली ‌बुवा बनाएर फर्जी जन्मदर्ता वितरण | Sach Tak Nepal
Monday, March 17
Shadow

माैलापुर: पैसाकाे‌ प्रलाेभनमा‌‌ नक्कली ‌बुवा बनाएर फर्जी जन्मदर्ता वितरण

सचतक नेपाल न्यूज डेस्क,
२४ भाद्र, रौतहट। रौतहटको मौलापुर नगरपालिकामा नक्कली अभिवावक(बुवा) बनाई फर्जी जन्मदर्ता वितरण गरेको रहस्य सार्वजनिक भएको छ।

बारा जिल्ला घर भएकी एक महिलालाई मौलापुर नगरपालिका- ३ का वडा अध्यक्ष महेस महतोले एक स्थानीयलाई नक्कली बुबा बनाई जन्मदर्ता प्रमाणपत्र बितरण गरेको खुलासा भएको हाे ।‌

बाराको महागढिमाई नगरपालिका- ५ बस्ने खोभारी महराकी छोरी चादनी महराको बिहे कलैया उपमहानगरपालिका- २ बस्ने जयनरायण महरासँग भएको प्रमाण छ। तर मौलापुर नगरपालिका ३ बस्ने बिनोद महराले चादनी महराको नक्कली बुबा बनी सम्बन्धि वडा कार्यालयबाट फर्जी जन्मदर्ता बनाएको प्रमाण सार्वजनिक भएको छ। महराले गत १५ गते नक्कली बुबा बनी वडा कार्यालयबाट जन्मदर्ता बनाएको नक्कली प्रमाणपत्रबाट स्पष्ट देखिन्छ।

सो घटनाको विषयमा वडा अध्यक्ष महतोसँग बुझदा गाउँको छोरी ठानी जन्मदर्ता बनाएको बताउँछन्। जबकि विनोद महराले आफू नक्कली बुबा बनी चादनीकी जन्मदर्ता बनाएको स्विकार गरे।

वडा अध्यक्ष आर्थिक प्रलाेभनमा

मौलापुर नगरपालिका- ३ का वडा अध्यक्ष महेश महतोले आर्थिक प्रलोभनमा परि फर्जी जन्मदर्ता प्रमाणपत्र बनाएको स्थानीयले आशंका जनाएको छ।

जिल्ला र बुबा फरक भएको कुरा थाहा हुदाहुदै पनि फर्जी जन्मदर्ता बनाउन तम्सेका वडा अध्यक्ष आर्थिक सहयोग लिएको स्थानीयहरुले आशंका जनाएका छन्।

सीडीओलाई ज्ञापनपत्र

फर्जी जन्मदर्ता प्रमाणपत्र बनाएको आज ८ दिन पश्चात् महरा र वडा अध्यक्षलाई कारबाही गर्न वडा नम्बर ३ का स्थानीयहरुले जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुखलाई निवेदन बुझाएका छन्।

बारा जिल्ला घर भएकी चादनी महराकी नक्कली बुबा बिनोद महरा र फर्जी जन्मदर्ता बनाएका वडा अध्यक्ष महेश महतोमाथि कारबाही गर्न माग सहित स्थानीयहरुले जिल्ला प्रशासन कार्यालयका प्रमुख कृष्णबहादुर शाहीलाई ज्ञापनपत्र बुझाएका छन्।


नेकपा एमालेका युवा संघर्ष समितिका अध्यक्ष दिपेन्द्र प्रसाद कुशवाहाका नेतृत्वमा हिजाे बिहीबार जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत मणिभुषण साह मार्फत प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर साहीलाई ज्ञापनपत्र बुझाएका छन्।

स्थानीयहरुको विरोध पछि वडा अध्यक्ष महतो र नगरपालिकाको उपमेयर सहितको टोलिले जन्मदर्ता रद्ध गर्न सीडीओ कार्यालय पुगेका थिए। जन्मदर्ता रद्ध गराउन पुगेका वडा अध्यक्ष महतो,महरा र मुचुल्कामा बसेका व्यक्तिहरुसँग जिल्ला प्रशासन कार्यालय रौतहटले सो विषय बारे ब्यान लिएको बुझिएको छ।

प्रशासकीय अधिकृत साहले सो निवेदन बुझ्दै वडा अध्यक्ष महतोले कानुन विपरीत काम गरेको र सो घटनाको विशेष छानबिन गरि उहाँलाई कानुन अनुसार कारबाही हुने बताउनुभयो।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको नेतृत्व गरिरहेका समय नागरिकता चक्लेट होइन कि बोडरमा बसेर आउने सबैलाई बाडदै गर्ने टिप्पणी गरेका थिए। तर आज नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष महेश महतोले चक्लेट झै जन्मदर्ता वितरण गरेको पुष्टि भएको छ।

वडा अध्यक्षले घुस लिई नागरिकता र विवाह दर्ताको सिफारिस गर्छन्:स्थानीयको आरोप

नागरिकता र विवाह दर्ताको सिफारिस गर्न वडा अध्यक्ष महेश महतो कोइरीले २५ सय घुस लिएको एक स्थानीयले खुलासा गरेका छन्।

बिमलेश कुमार झा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *