Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114
चार्जर बिना आउने आईफोन ब्राजिलमा बिक्री गर्न नपाइने | Sach Tak Nepal
Monday, February 17
Shadow

चार्जर बिना आउने आईफोन ब्राजिलमा बिक्री गर्न नपाइने

सचतक नेपाल न्यूज डेस्क,
२३ भाद्र, रौतहट । एप्पलले आईफोन १२ सार्वजनिक गरेसँगै फोनमा चार्जर समावेश नगर्ने निर्णय गरेको थियो । एप्पलको उक्त निर्णयबाट ब्राजिलियन सरकार त्यति सन्तुष्ट थिएन । त्यहाँको सरकारले चार्जर नआउने आईफोन बिक्री गर्न नपाउने व्यवस्था ल्याएको थियो ।

आईफोनको बिक्री रोक्नका लागि ब्राजिल सरकारले एप्पललाई २३ लाख डलर (करिब साढे २९ करोड रुपैयाँ) जरिवाना तिराएको थियो । त्यस्तै ब्राजिलको दूरसञ्चार निकायले समेत आईफोन १२ को दर्ता रद्द गरेको थियो ।

ब्राजिलले एप्पलले आज आयोजना गर्न लागेको ‘फार आउट’ कार्यक्रममाथि नै प्रतिबन्ध लगाएको छ । एप्पलले आयोजना गर्न लागेको कार्यक्रममा कम्पनीले आईफोन १४ (जुन चार्जरबिना नै बजारमा आउनेछ) सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

ब्राजिलियन पत्रिका फोल्हा डि एस पाउलोका अनुसार कम्पनीले आफ्नो वेबसाइटमार्फत भने आईफोन १२ बिक्री गर्न पाउनेछ । एप्पलले भने एक विज्ञप्ति जारी गर्दै ब्राजिल सरकारको निर्णयविरुद्ध अपिल गर्ने बताएको छ ।

“हामीले ब्राजिलका थुप्रै अदालतमा मुद्दा जितिसकेका छौँ,” एप्पल भन्छ, “यो विषयमा पनि हामी के कुरामा आत्मविश्वासी छौँ भने हाम्रा ग्राहकहरू चार्जिङबारे चेतनशील छन् ।”

ब्राजिलको उपभोक्ता संरक्षण निकाय सेनाकनले एप्पलको चार्जर हटाउने निर्णय ग्राहकका लागि ‘बोझ’ भएको उल्लेख गरेको छ ।

यदि एप्पलले वातावरणीय प्रभाव नै कम गर्न चाहेको हो भने त्यसलाई कम गर्ने अन्य तरिकाहरू पनि भएको उक्त निकायले जनाएको छ । त्यसका लागि कम्पनीले टाइप(सी प्रविधि आत्मसात् गर्नुपर्ने उक्त निकायको भनाइ छ ।

उपभोक्ता संरक्षण निकाय भन्छ, “आईफोनमा चार्जरको अभाव हुनुले यसलाई अपूर्ण बनाएको छ । त्यसले गर्दा खरिदकर्ताले बाहिरबाट चार्जर खरिद गर्न बाध्य भएका छन् ।” एप्पलले २०२० मा पहिलोपटक आफूले बिक्री गर्ने फोनबाट एयरबड र चार्जर हटाउने निर्णय गरेको थियो ।

त्यस्तै कम्पनीले वातावरणीय प्रभाव कम पार्नका लागि आईफोनबाट लाइटनिङ पोर्ट हटाएर टाइप-सी पोर्ट समावेश गर्ने बताएको थियो ।

कम्पनीले आईफोन बाहेक अन्य अन्य डिभाइसमा टाइप-सी पोर्ट समावेश गरिरहेको छ । फोनको बक्समा चार्जर र एयरपड उपलब्ध नगराउँदा बक्सको आकार घट्न जान्छ र त्यसले कम कार्नब उत्सर्जन गर्ने कम्पनीको भनाइ थियो । यही विषयमा केही विज्ञहरूले यो वातावरणभन्दा पनि एप्पललाई फाइदा भएको जिकिर गरेका थिए ।

टेकपाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *