Sunday, July 21
Shadow

अदालतको निर्णयपछि सन्दिपलाई निलम्बन गर्ने तयारीमा क्यान

सचतक नेपाल न्यूज डेस्क,
२३ भाद्र, रौतहट । नेपाल क्रिकेट संघ (क्यान)ले नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बनको तयारी थालेको छ ।

सन्दीपले बलात्कार गरेको भन्दै एक नाबालिग किशोरीले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले अनुसन्धान थालेको छ । नुसन्धानका लागि सन्दीपलाई पक्राउ गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट अनुमति लिइसकेको छ ।

सन्दीपलाई अनुसन्धानका लागि पक्राउ गर्न अदालतले अनुमति दिएसँगै प्रहरीले सन्दीपलाई जुनसुकै बेला पक्राउ गर्ने भएपछि क्यानले अनुसन्धानमा सहयोग गर्न जिम्मेवारीबाट निलम्बन गर्ने तयारी गरेको हो ।

क्यान स्रोतका अनुसार आज वा भोलि भित्रमा सन्दीपलाई क्रिकेट कप्तानसहित खेलकुद गतिविधिबाट अनुसन्धान नसकिएसम्म निलम्बन गर्ने भएको हो ।

सन्दीप भने हाल क्यारेबियन लिग खेल्नका लागि वेस्ट इन्डिजमा छन् । सन्दीपले आफू निर्दोष रहेको भन्दै क्यानसँग कानुनी सहायताका लागि अपिल गरेका छन् । सन्दीपले खेल सकिने बित्तिकै नेपाल फर्कने क्यानलाई बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *