Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114
गाैरबाट काठमाडौंकाे लागि छुटेकाे सुमाेबाट प्रतिबन्धित लागुऔषध एम्पुल सहित एक जना पक्राउ | Sach Tak Nepal
Monday, February 17
Shadow

गाैरबाट काठमाडौंकाे लागि छुटेकाे सुमाेबाट प्रतिबन्धित लागुऔषध एम्पुल सहित एक जना पक्राउ

सचतक नेपाल डेस्क,
२२ भाद्र, काठमाडौं । दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट प्रतिबन्धित लागूऔषध एम्पुल सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले फेनारगन ३ सय १ एम्पुल, नुर्फिन २ सय ९७ एम्पुल र डाईजेपाम ३ सय एम्पुल सहित भारत घर भएका ३० वर्षीय कौशल पटेललाई मंगलबार दिउँसो पक्राउ गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

गौरबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ७२४५ नम्बरको टाटा सुमोलाई ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध गाँजाको धूलो करिब ५ किलोग्राम सहित काभ्रे मण्डन देउपुर नगरपालिका-१० बस्ने २१ वर्षीय प्रकाश तमाङ लगायत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.७ ख ५६१२ नम्बरको बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

सर्लाही, कौडेना गाउँपालिका-१ लक्ष्मीपुर सुखचैनाबाट अवैध लागूऔषध गाँजा करिब १ सय २२ किलोग्राम मंगलबार राति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी सुन्दरपुरबाट खटिएको प्रहरीलाई देख्नासाथ बा.८ च १८५३ नम्बरको कारका चालकले कार लक गरी फरार भएपछि प्रहरीले कार तलासी गर्दा उक्त गाँजा फेला पारी बरामद गरेको हो । हाल फरार कार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *