
सचतक नेपाल डेस्क,
२२ भाद्र, राैतहट । नेपाल क्रिकेट एसोसिएसन (क्यान)ले आकस्मिक बैठक बोलाएको छ । राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती करणीको जाहेरी परेपछि क्यानले बुधबार सन्दीपको विषयमा निर्णय गर्न बैठक बोलाएको हो।
बैठकले सन्दीपको कप्तानीका विषयमा निर्णय लिन सक्ने क्यान अध्यक्ष चतुरबहादुर चतुरबहादुर चन्दले बताएका छन् । बलात्कार आरोप लागेकाले सम्भवतः क्यान बैठकले बुधबार उनलाई तत्काल निलम्बनमा राख्ने निर्णय गर्ने जनाइएको छ ।
सन्दीपविरुद्ध मंगलबार गौशाला प्रहरी वृत्तमा १७ वर्षीया किशोरीले उजुरी दिएकी थिइन्। ५ भदौमा सन्दीपले गौशालस्थित एक होटलमा लगेर ती युवतीलाई बलात्कार गरेको आरोप उजुरीमा छ ।
अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी जिल्ला प्रहरी परिसर काठमाण्डु र प्रहरी वृत्त गौशालाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीद्वारा उक्त घटनामा सुक्ष्मरुपमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।