Wednesday, October 9
Shadow

अवकाश पाउँदै एआईजी आचार्य,पैसामा बढुवाकाे चलखेल शुरु

सचतक नेपाल न्युज डेस्क,
२१ भदाै, राैतहट । नेपाल प्रहरी एकेडेमीमा कार्यरत एआइजी मुकुन्दराज आचार्यले अवकाश पाउने भएसंगै थप एक पद रिक्त भएको छ । बुधबारदेखि एआइजी आचार्यले अवकाश पाउँदैछन् ।

नेपाल प्रहरीमा थप १ एआइजीकाे पद रिक्त भएसंगै बढुवाको चलखेल बढेको छ । उनको अवकाशसँगै प्रहरीमा एआइजीका दुई पद रिक्त हुनेछन् । यसअघि विश्वराज पोखरेलको अवकाशसँगै एक पद रिक्त भइसकेको छ ।

पदपुर्तिका लागि एकल बढुवा गर्दा विवाद हुने भएकाले दुई जनाको बढुवा गर्न लागिएको स्रोतले जनाएको छ । आचार्यको अवकाशसँगै एआइजी बढुवा हुने सम्भावना छ । जसमा ठूलो आर्थिक चलखेल हुने देखिएको छ । एआइजीमा बढुवामा एक दर्जन डिआइजीहरु दाबेदार छन् । सम्भावनामा वसन्त कुँवर, टेकप्रसाद राई,अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, उमेशराज जोशी, रामदत्त जोशी, मीरा चौधरी लगायत छन् ।

फाइल

ऐआइजीमा सफल व्यक्तित्व टेकप्रसाद राईलाई प्रथम नम्बरमा हुनुपर्ने तर पैंसाकाे चलखेल भएर उनकाे बढुवामा बाधाअर्चन आएको प्रहरीहरु बिच चर्चा छ। डिआइजी बढुवामै बरियता धेरै तलमाथि भएकाले त्यसको ठूलो अर्थ छैन । जसले पावर र पैसा लगाउँछ उही बढुवा हुने छ भन्ने कुरा पहिलेनै चलखेलले नै देखाइसकेको हाे । पैसा र पावर लगाएर बरियतामा अघि पुगेकाहरुकै सेटिङ बलियो देखिएको छ ।

स्वच्छ छवि र असल व्यक्तित्व राईलाई एआइजीमा बढुवा नगरेर पहिलो वसन्त कुँवर र अशोक सिंहलाई एआइजी बढुवा गर्न बालुवाटार निकट बिचौलियाहरु सक्रिय भएको स्रोतले जनाएको छ । सिंहलाई १ नम्बर र कुँवरलाई २ नम्बरमा बढुवा गर्ने योजना बनिरहेको छ । कुँवर सिदासादा भएकाले उनलाई बढुवा गरे सिंहलाई पछि सहज हुने गरी यसरी योजना बनाइएको छ ।

त्यो योजनाविरुद्ध अन्य डिआइजीहरु पनि सक्रियताका साथ शक्तिकेन्द्रमा धाइरहेका छन् । जसकारण दुई दुई एआइजीहरु रवीन्द्र धानुक र अरुण बिसीले अवकाश पाएपछि चार जनाको बढुवा गर्नुपर्ने भनेर केही दौडधुपमा छन् । जसकारण चुनावको मुखमा बढुवाको राजनीति चर्किएको छ । अघिल्लो चुनावमा प्रहरीभित्रकै राजनीतिका कारण कांग्रेसलाई धक्का लागेको थियो ।

उता एआइजी आचार्यको अवकाशसँगै प्रहरी एकेडेमीमा जान एआइजीहरुबीच प्रतिस्पर्धा चलेको छ । एआइजीहरु सहकुलबहादुर थापा, दिवेश लोहनी र पूजा सिहंबीच प्रतिस्पर्धा देखिएको छ । प्रशस्त बजेट हुने भएकाले एकेडेमीको कार्यकारी निर्देशक पदमा एआइजीहरुको आकर्षण देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *