Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114
पाँच वर्षमा जनताको सोचअनुरुप काम गर्न सकेनौं : प्रचण्ड | Sach Tak Nepal
Monday, February 17
Shadow

पाँच वर्षमा जनताको सोचअनुरुप काम गर्न सकेनौं : प्रचण्ड

सचतक नेपाल डेस्क,
२१ भदौं, धनगढी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले पाँच वर्षमा जनताका काम गर्न नसेको स्वीकार गरेका छन् । मंगलबार धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पाँच वर्षमा जनताको सोचअनुरुप काम गर्न नसकेको बताएका हुन् ।

अबको निर्वाचनबाट नयाँ जनादेश लिएर देशलाई समाजवादतर्फ उन्मुख गराउनुुपर्नेमा उनको धाराण थियो । जनताबाट निर्वाचित प्रत्यक्ष देशको कार्यकारी प्रमुखको पक्षमा रहेको समेत बताएका छन् ।

मंगलबार धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पाँच वर्षमा जनताको सोचेअनुरुप काम गर्न नसकेको बताएका हुन् । अब जनताबाट निर्वाचित कार्यकारी प्रमुख भए मात्रै देशमा राजनीतिक निकास आउने उनले बताए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जनभावनाविपरीत संविधान कुल्चने काम गरेको आरोपसमेत अध्यक्ष प्रचण्डले लगाएका छन् । ओली नेतृत्वको सरकारले संविधान उल्लंघन गरेर देशलाई प्रतिगमनमा लैजाने काम गरेको बताएका हुन् । संविधान मिचेर अहिलेसम्मका उपलब्धि लत्याउँदै मुलुकलाई प्रतिगमनतर्फ डो¥याउनेबाट बचाउन पुनः वर्तमान गठबन्धनको आवश्यकता परेको प्रचण्डको भनाइ छ ।

गठबन्धनबीच सिट वितरण र संघ तथा प्रदेश क्षेत्र एकै पटक टुङ्गो लगाउनुपर्ने बताउँदै प्रचण्डले केही दिनमै यी सबै टुंगिने पनि दाबी गरे । अध्यक्ष प्रचण्डले सबै दलबीच सिट वितरणमा समूया नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *