Tuesday, January 21
Shadow

अनियन्त्रित भइ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सचतक नेपाल न्यूज डेस्क,
२० भदौं, बारा । बाराको कलैया उपमहानगरपालिका–२३ कोईरीया टोलमा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा एक जना घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार स्थानीय ३२ वर्षीया हजरा खातुन रहेकी छन् ।

गम्भीर घाइते भएकी उनको उपचारका क्रममा कलैया प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

बिरगञ्जबाट कलैयातर्फ आउँदै गरेको ना २४ प १३९४ नम्बरको मोटरसाइकल गएराती सवा ९ बजे अनियन्त्रित भइ पल्टिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *