Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114
चाेरेकाे जहाज घण्टाै उडाएपछि … | Sach Tak Nepal
Tuesday, March 25
Shadow

चाेरेकाे जहाज घण्टाै उडाएपछि …

न्युयोर्क – अमेरिकाको उत्तरपूर्वी मिसिसिपीको टुपेलो सहरमा चोरेको जहाज घण्टौंसम्म आकाशमा घुमाएर जानीजानी दुर्घटना गराउन धम्की दिने पाइलटलाई हिरासतमा लिइएको छ।

सहरको वालमार्ट स्टोरमा जानीजानी दुर्घटना गराउन धम्की दिने ती पाइलटले विमानलाई सुरक्षित रूपमा अवतरण गरेपछि हिरासतमा लिइएको गभर्नर टेट रिभ्सले जानकारी दिए।

‘विमान अवतरण भएको छ। स्थिति समाधान भएको छ र कोही पनि घाइते भएका छैनन्। चरम सावधानीसाथ यो अवस्थालाई व्यवस्थापन गर्ने स्थानीय, राज्य र संघीय कानून प्रवर्तनलाई धेरै धेरै धन्यवाद ,’ गभर्नर रिभ्सले ट्वीट गरे।

बिचक्राफ्ट किंग एयर ९० विमानलाई चालकले पाँच घण्टाभन्दा बढी समयसम्म उडाएका थिए, जसलाई प्रहरीले ‘खतरनाक अवस्था’ भनेर वर्णन गरेको थियो। प्रहरीले पाइलटको पहिचान वा उद्देश्यको बारेमा कुनै जानकारी दिएको छैन।

यसअघि टुपेलो प्रहरी विभागले सम्भावित दुर्घटनाको सावधानीबारे सचेत गराउँदै नागरिकहरूलाई उक्त क्षेत्रबाट टाढा रहन आग्रह गरेको थियो। त्यस्तै सबै आपत्कालीन सेवालाई तयारी अवस्थामा राखिएको थियो।

स्थानीय पत्रिका डेली जर्नलले उक्त विमानका पाइलट टुपेलो क्षेत्रीय विमानस्थलका कर्मचारी रहेको जनाएको छ। प्रहरीे घटनाबारे थप अनुसन्धान सुरु गरेको प्राप्त विवरणहरुमा जनाइएको छ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *