Sunday, July 21
Shadow

सर्लाहीमा नगद र ६९ थान नक्कली पैसा बनाउने कागजकाे गड्डी सहित एक जना नियन्त्रणमा

सचतक नेपाल,
१८ भदाै, सर्लाही । गएराति नक्कली पैसा बनाउने ६९ थान कागजकाे गड्डी र ४० हजार नगदसहित एक जनालाई सशस्त्र प्रहरी बलले पक्राउ गरेकाे छ ।

शुक्रबार राति साढे १० बजेकाे समयमा सशस्त्र प्रहरी बल नेपाल बिओपी बहादुरपुरबाट सप्रनानी बिद्या भपण झाकाे कमाण्डमा खटिएका ६ जनाकाे गस्ती टाेलीले सर्लाहीकाे गाेडैता नगरपालिका-३ स्थित सिमरा भगवतीबाट चेकजाँच गर्ने क्रममा साे नक्कली पैसा बनाउने गड्डी पक्राउ गरेकाे हाे । गस्ती टाेलीले राताे रङ्गकाे स्काेरपियाे गाडीलाई राेकी चेकजाँच गर्ने क्रममा साे गाडीकाे डिकिबाट संकास्पद कार्टुन फेला परेकाे थियाे । कार्टुनलाई खाेलेर चेक गर्दा उक्त कार्टुनबाट रस ४० हजार र ६९ थान नक्कली पैसा बनाउने गड्डी बरामद भएको थियाे ।

कार्टुन खाेल्ने क्रममै‌ एक्कसी गाडी स्पीड गरी चालक फरार भएकाे थियाे तर जिल्ला नुवाकोट कनकाई ५ बस्ने धनराज लामाकाे ३२ वर्षीय छाेरा हिरामान लामालाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरीले नगद ४० हजार , नक्कली पैसा बनाउने सादा कागज साथै निज लामाबाट नगद १७ हजार, रु ३० लाख ६० हजार रकमकाे चेक(माछापुच्छ्रे बैंक) र रु १० लाखकाे चेक (ग्लोबल बैंक) बरामद गरेकाे हाे ‌ ।

बरामद भएका नगद र सादा कागज सहित निज लामालाई नियन्त्रण लिई ईलाका प्रहरी कार्यालय गडहिया डुमरीया बुझाएकाे प्रहरी बलले सचतक नेपाललाई जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *