Wednesday, January 15
Shadow

देशका केही ठुला नदीमा बहाब बढ्ने सम्भावना

सचतक नेपाल डेस्क,
१६ भदाै, राैतहट । देशका केही ठूला नदीमा आज पनि पानीको बहाव बढ्ने पूर्वानुमान छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार चतरास्थित सप्तकोसी, त्रिवेणीस्थित तमोर, सिम्लेस्थित अरुण, रबुवाबजारस्थित दूधकोसी, बुस्तीस्थित तामाकोसीमा बहाव उल्लेख्य बढ्नेछ ।

यस्तै, देवघाटस्थित नारायणी, बेत्रावतीस्थित त्रिशूली, आरुघाटस्थित बूढीगण्डकी, विमलनगरस्थित मर्स्याङ्दी, दमौलीस्थित सेती, मैनाचुलीस्थित कन्काई, रजैयास्थित पूर्वी राप्ती र चेपाङस्थित बबई नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । अरू केही ठूला नदीमा बहाव सामान्य बढ्ने जनाइएको छ ।

आज इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, संखुवासभा, ताप्लेजुङ, खोटाङ, उदयपुर, सिन्धुली, सर्लाही, महोत्तरी, मकवानपुर, बारा, पर्सा, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), नवलपरासी (बर्दघाट सुस्ता पूर्व), रुपन्देही, धादिङ, गोरखा, लमजुङ, कास्की, सुर्खेत, बर्दिया, कैलाली, दैलेख, अछाम र आसपास भई बहने केही साना नदीहरूमा पनि बहाव बढ्नेछ । केही साना नदीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान छ ।

उक्त नदीतटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *