Sunday, January 19
Shadow

पहिरन र शृङ्गारमा सजिएपछि…..

नेपाल विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिले भरिएको मुलुक हो। नेपालका विविध संस्कृतिहरू हाम्रा साझा सम्पत्ति हुन्। मानव सभ्यताको विकास क्रममा निर्मित भौतिक तथा आध्यात्मिक मूल्यको संश्लेषण नै संस्कृति हो। चाडपर्वहरू संस्कृतिका एक प्रमुख अङ्ग हुन्। नेपालमा मनाइने विभिन्न चाडपर्वमध्ये तीज महìवपूर्ण पर्व हो। बदलिँदो परिस्थितिबमोजिम यस पर्वलाई मनाउने क्रममा थुप्रै परिवर्तन हुँदै गएको हुँदा यसले नेपाली समाजको सामाजिक–सांस्कृतिक झलकप्रस्तुत हुने गर्दछ।

संस्कृतिभित्र विचार, व्यवहार, मूल्यमान्यता, रीतिरिवाज, चालचलन र कला आदि पर्दछन्। चाडपर्वले राष्ट्रिय भावना जगाउने गर्दछ। साथै यसले जीवनोपयोगी शिक्षा दिने गर्दछ। यसले मानव जीवनमा नयाँ जोश, नयाँ शक्ति, नयाँ स्पूmर्ति, नयाँ प्रेरणा प्रदान गर्दछ। चाडपर्व उत्पत्तिको विषयमा कसैले यसलाई धार्मिक तथा कसैले यसलाई अन्य कारण भनी व्याख्या विश्लेषण गरे पनि वास्तवमा यसको उत्पत्तिको कारणमा मनोवैज्ञानिक, वैज्ञानिक, आर्थिक, राजनीतिक, सामाजिक, कूटनीतिक तथा स्वास्थ्य रक्षाका कारणबाट यी चाडपर्वको उत्पत्ति भएको पाइन्छ।

नेपालमा धेरै दिन मनाइने चाडपर्वको रूपमा तीजलाई लिने गरिएको छ। दिदीबहिनीहरू धेरै दिनसम्म दर खाने, रमाइलो नाँचगान गर्ने गरेर यो पर्व मनाउँछन्। नारीको सौभाग्य र समृद्धिको पर्वका रूपमा यसलाई लिने गरिन्छ।

यसको धार्मिक पृष्ठभूमि हेर्दा राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान् विष्णुसँग गरिदिने भन्ने आफ्नो पिताको वचन पार्वतीलाई मन नपरेपछि आपूmले मन पराएको वर पाउन जङ्गलमा गएर शिवजीको तपस्या गर्दा शिवजी वर प्राप्त गरेको र त्यही दिनदेखि हिन्दु नारीले उत्सवका रूपमा तीज मनाउन थालेको भन्ने जनविश्वास छ। यसैगरी सामाजिक दृष्टिकोणबाट हेर्दा श्रृष्टि र समाज गतिशील हुन्। पूर्वीय मान्यताअनुसार महिलाको विवाहपश्चात् आफ्नो श्रीमान्का साथमा उसको घरमा बस्नुपर्ने र आफ्नो जन्मघर, माइती तथा समाजबाट बिछोडिँदाको पीडा र पराइघरमा जीवन बिताउँदाको दुःख पीडालाई कमी गर्न यो पर्वको सुरुवात भयो भन्ने सामाजिक विश्वास छ।

यस पर्वलाई नेपालमा र भारतका विभिन्न ठाउँमा मनाउने गरिन्छ। भारतका चण्डीगढ, हरियाना, पञ्जाव र राजस्थानमा यसलाई हरितालिका तीजका रूपमा मनाइन्छ। साउन महिनामा वर्षात् बढी हुने र चारैतिर हरियाली हुने हुँदा यस पर्वलाई हरितालिका तीजका रूपमा मनाइएको विश्वास गरिन्छ। यस पर्वमा महिलाले शृङ्गारपटारका सामग्री उपहार लेनदेन गर्ने र पहिरनबाट सुन्दर देखिने हुँदा यस पर्वलाई शृङ्गार गर्ने पर्वका रूपमा समाजमा लिइन्छ। यस पर्वमा विभिन्न भाका तथा गीतसमेत गाइने गरिन्छ।

पछिल्लो समय तीज पर्व मनाउने क्रममा बिस्तारै परिवर्तन आएको पाइन्छ। परम्परागत तीज पर्व पितृसत्ताको विरोध र नारी जातिको व्यथा, पीडा र हर्षउन्मादका रूपमा मनाइन्थ्यो। सामाजिक विकृति विभेदको आलोचना, पारिवारिक मेल बेमेल, तीजको रहर र घरको कहर, सासु–ससुरा, अमाजु, देवर, जेठाजुका बुहार्तनका कुरा, लाउने खाने सांस्कृतिक सम्बन्ध र धार्मिक भावका तीज गीतहरूले त्यति बेलाको समाजको झल्को दिन्छन् भने वर्तमानका तीज गीतले मायाप्रीतिका कुरा, पार्टी नेताका कुरा र सामाजिक विकृति विसङ्गतिको कुराले वर्तमान समाजको झल्को दिन्छ। यसरी यस पर्वमा गाइने गीत र सङ्गीतले महिलाका दुःखपीडाको बयान र उत्पीडनका विरुद्ध अघि बढ्नुपर्ने कुरामा जोड दिन्थ्यो भने वर्तमानमा आधुनिकता, विकास, अधिकार, समानता र स्वतन्त्रताको सम्बोधन गर्दछन्।

पहिले गुन्युचोली र फरिया महिलाका मुख्य पहिरन थिए भने हालका दिनमा महँगा गरगहना, शृङ्गार पटार र महँगा पहिरनले आफ्नो हैसियत देखाउने चाडपर्वका रूपमा विकास भइरहेको देखिन्छ। अझ सहरी क्षेत्रमा त यो यो पर्व भोजभतेरमा रूपान्तरण भइरहेको छ। पहिले गाउँघरमा नै उत्पादन गरिने खाद्यान्नको जोहो गरेर तीज मनाइन्थ्यो भने हालका दिनमा सहरी क्षेत्रका मःमः, पिज्जा र मद्यपानले दरको स्थान लिन थालेका छन्। तीज आउनुभन्दा एक महिनाअगावै महँगा होटल, रेस्एटुराँमा यो पर्व मनाउन थालिएको छ। पहिले हिन्दु नारीको मात्र पर्वका रूपमा तीज मनाइन्थ्यो भने हालका दिनमा धेरैजसो धर्म धर्मावलम्बी र पुरुष पनि यसमा सहभागी हुन थालेका छन्। यसले समाजमा सकारात्मक सन्देश नै प्रवाह गरेको छ।

हाम्रो मुलुकमा महिला परिवार, समाज र देशमा दोस्रो दर्जाको नागरिकको स्तरमा छन्। यही विभेदका कारणले महिला राजनीतिक, आर्थिक, सांस्कृतिक र सामाजिक क्षेत्रमा पछि परेका हुन्। महिलाको अधिकार र लैङ्गिक समानता राष्ट्रको दिगो विकाससँग जोडिने र महिलाको स्थितिले मुलुकको चित्र प्रस्तुत गर्ने हुँदा महिलाको समग्र विकास र लैङ्गिक समानता कायम गर्नु तीजको मूल मर्म हो। साथै यो मनोरञ्जनको मात्र चाडपर्व नभएर हाम्रो राष्ट्रियताको परिचय दिने पर्वका रूपमा यसलाई स्थापित गर्नुपर्छ। यसले समाजमा मेलमिलाप कायम गर्नुपर्छ र घाँटी हेरेर हाड निल्ने पर्वका रूपमा यसलाई लिनुपर्छ। साथै यस पर्वमा देखिएका सबै विकृति विसङ्गतिको अन्त्य गर्दै तीज पर्वको विगतको खास माौलिकताको संरक्षण गर्दै तीज पर्व मनाउनुको आजको आश्यकता हुन गएको छ।

– लेखक माेहनमान स्वाँर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *