Wednesday, January 15
Shadow

टी-२० क्रिकेटमा नेपालको वरियता खस्कियो

सचतक नेपाल,
टी-२० अन्तराष्ट्रिय क्रिकेटमा नेपालको वरीयता खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको हो ।

नयाँ वरीयतामा नेपाल १५ औं स्थानमा झरेको छ । सन् २०२४ मा हुने टी-२० विश्वकपमा वरियताको शीर्ष १२ टोलीले सिधै स्थान बनाउने भएकाले यसको महत्व छ । वरीयता घटेसँगै नेपालको विश्वकपमा सिधै छनोट हुने सम्भावना पनि कमजोर हुँदै गएको छ ।

टी-२० को नयाँ वरीयतामा भारत शीर्ष स्थानमा छ । इंग्ल्यान्ड दोस्रो र पाकिस्तान तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *