Sunday, June 23
Shadow

साेमबारदेखि पशुपति क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ माथि प्रतिबन्ध

सचतक नेपाल डेस्क
१३ भदाै, राैतहट । देशकै प्रसिद्ध पशुपतिनाथ क्षेत्रमा सोमबारबाट लागू हुने गरी मासु, मदिरा र नसालु पदार्थको उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन माथि प्रतिबन्ध लगाइएकाे छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले हिन्दु नारीहरुको महान चाड तीजको अवसर पारी यस्तो आदेश जारी गरेको हो ।

साेमबारबाट लगु हुने गरी गौशाला मित्रपार्क सडकदेखि पूर्व पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीसम्म यस्तो निषेध लागु हुने भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचनामा उल्लेख छ।

पशुपतिनाथ क्षेत्र भित्र सुरक्षा कायम गर्दै धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम गर्ने उद्देश्यले यी वस्तु निषेध गर्नु परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *