Sunday, July 21
Shadow

नेविसंघका‌ बिधार्थीहरुबाट असुरक्षित त्रिवि, गृहसँग सुरक्षाकाे माँग

सचतक नेपाल डेस्क
१२ भदाै, राैतहट‌ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्नो महत्त्वपूर्ण कागजात लुटिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विश्वविद्यालयले एक विज्ञप्ति जारी गर्दै आफ्नो महत्त्वपूर्ण कागजात लुटिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

नेविसंघको केही समूहले तालाबन्दी गर्ने, घेराउ गर्ने, पदाधिकारी र कर्मचारीलाई धम्क्याउने, विश्वविद्यालयको दैनिक कामकारबाही गर्दा बारम्बार कार्यालयमा जबरजस्ती प्रवेश गरी अवरोध गर्ने कार्य गरिरहेको त्रिविले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ,’विश्वविद्यालय परिसरमा बसी छलफल गर्न सुरक्षाको दृष्टिले असहज परिस्थिति सिर्जना भई सो बारेमा छलफल तथा विश्वविद्यालयसँग सम्बन्धित विषयमा निर्णय गर्न त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठक कान्तिपथ, जमलस्थित होटेल एल्लो प्यागोडामा मिति २०७९/५/१० को दिन बेलुकी ४ः३० बजे बस्ने क्रममा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा अध्ययनरत नेपाल विद्यार्थी संघसँग आबद्ध विद्यार्थी हौँ भन्दै १०/१५ जनाको समूह जबर्जस्ती बैठक कक्षमा प्रवेश गरी उपस्थित पदाधिकारी, कार्यकारी परिषद्का सदस्यहरू एवं कर्मचारीबाट कार्यकारी परिषद्का विगतका निर्णयसहितको पुस्तिका एवं अन्य महत्त्वपूर्ण कागजपत्र र फाइलहरू खोस्नेरकब्जा गर्ने, पदाधिकारी तथा कर्मचारीहरूलाई हातपात गर्न खोज्ने आदिजस्ता अभद्र व्यवहार गरी महत्त्वपूर्ण कागजात लुटी लिने कार्य गरेकोप्रति त्रिभुवन विश्वविद्यालयको गम्भीर ध्यानाकर्षण भएको छ।’

नेविसंघका गतिविधिले विश्वविद्यालयका नियमित काम प्रभावित भएको त्रिविको भनाइ छ।

त्यस्तै नेविसंघले त्रिभुवन विश्वविद्यालयका विभिन्न निकायमा तालाबन्दी गरेको र त्रिवि कार्यकारी परिषद बैठकबाटै महत्वपूर्ण फाइल लुटेको भन्दै त्रिविले गृह मन्त्रालयसँग भरपर्दो सुरक्षा व्यवस्था मिलाइदिन अपिल गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *