Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114
राैतहट प्रहरी: लागुऔषध एम्पुलसहित दुई जना भारतीय नागरिक पक्राउ | Sach Tak Nepal
Monday, March 17
Shadow

राैतहट प्रहरी: लागुऔषध एम्पुलसहित दुई जना भारतीय नागरिक पक्राउ

प्रेम यादव
९ भदाै, राैतहट । जिल्ला प्रहरी कार्यालय रौतहट र प्रहरी चौकी बंकुलबाट खटिएको संयुक्त प्रहरी टोलीले आज प्रतिबन्धित लागुऔषध एम्पुलसहित दुई जना भारतीय नागरिकहरुलाई पक्राउ गरेको छ ‌।

प्रहरी टोलीले रौतहटकाे वौधीमाई नगरपालिका-८ बंकुल बजार स्थित बिआर ०५ वाई ४३३२ नम्बरकाे माेटरसाइकलमा सवार भारत जिल्ला पूर्बी चम्पारण थाना घोडासहन ग्राम पंचायत पुर्नहिया-६ वस्ने अंदाजी वर्ष ४१ को सुरेन्द्र प्रसाद जौसवाल र भानु प्रसाद जौसवालको श्रीमती अंदाजी वर्ष ३५ की सुनिता देवीलाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय राैतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिएका छन्।


औषध नियन्त्रण ब्युरो शाखा कार्यालय, बिरगंज (पर्सा) को सूचनाको आधारमा मोटरसाइकललाई रोकी चेकजाँच गर्ने क्रममा उनीहरुबाट प्रतिबन्धित लागुऔषध एम्पुल बरामद भएको हाे । उनीहरुबाट डाईजोपाम ५०० एम्पुल, फेनारगन ५०० एम्पुल र बुप्रेनफिन ५०० एम्पुल गरी कुल १५०० एम्पुल बरामद गरिएको प्रवक्ता मल्लले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएका हुन्।

चेकजाँच गर्दा लागुऔषध फेला परेपछि दुबै जनालाई जिल्ला प्रहरी कार्यालय राैतहटमा ल्याईएकाे हाे । साथै थप अनुसन्धान कार्य भईरहेको प्रवक्ता मल्लले जनाएका छन्।

राैतहट सिमावर्ती जिल्ला भएकाे कारण लागुऔषध भारतबाट नेपाल ओसारपसार हुने गरेकाे छ। सिमावर्ती जिल्लाहरुबाट प्रतिबन्धित लागुऔषधलाई प्रवेश गराइ काठ्माण्डौ,पाेखरा , चितवन लगायतका देशका विभिन्न ठाउँहरुमा पठाउने गरिएकाे हाे । एम्पुल, नाइट्राेभैट, काेराेक्स डिएक्स आदि जस्ता सिरप र औषधिहरु नेपालमा प्रतिबन्धित र ओसारपसार हुने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *