Tuesday, June 18
Shadow

करेन्ट लागेर माैलापुरमा एक जनाकाे मृत्यु

सचतक नेपाल डेस्क,
५ भदाै, राैतहट । गए राति करेन्ट लागेर राैतहटका एक जनाकाे मृत्यु भएको छ। शनिबार राती करिब १ बजे विधुतिय मोटर संचालन गर्ने क्रममा घाइते भएका एक जनाकाे उपचारकाे क्रममा आज बिहान ज्यान गएको हो।

मृत्यु हुनेमा मौलापुर नगरपालिका- ८ बस्ने करिब ४० वर्षीय महेश प्रसाद यादव भन्ने टैटुनको रहेको प्रहरीले जनाएको छ। रौतहटको सोनरनियाँमा विधुतिय मोटरबाट खेतमा पानी हाल्ने क्रममा करेन्ट लागेर यादव घाइते भएका थिए।

करेन्ट लागेर घाइते भएका यादवलाई उपचारका लागि विरगंज स्थित नेसनल मेडिकल कलेजमा पुर्याइएको थियो। उपचारकाे क्रममा उनकाे मृत्यु आईतबार विहान करिब २ तिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शव परिक्षणको लागि नरायणी अस्पताल विरगंजमा राखिएको र घटना बारे थप्प अनुसन्धान भई रहेको ईलाका प्रहरी मौलापुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *