जनकपुर संवाददाता,
४ भदाै, जनकपुरधाम । जनकपुरधाममा झडप पछि पक्राउ परेका ९ जनालाई प्रहरीले रिहा गरेको छ ।
कृष्णाष्टमी मेलाका लागि पूजा सामग्रीहरू बेच्न सडक छेउमा फुटपाथ व्यापारीले लगाएको ठेला हटाउन नगर प्रहरीले बल प्रयोग गरेको र सोही क्रममा व्यापारी र नगरप्रहरीबीच झडप भएको थियो ।
शुक्रबार दिउँसो पक्राउ परेका उनीहरुलाई साँझमा जनकपुरधाम- ७ का पुर्व वडाअध्यक्ष जानकी राम साह,युवा नेता सुशिल कर्ण तथा सरोज मिश्र लगायतका पहलमा जिल्ला प्रहरी कार्यालय धनुषाले छोडेको हो ।
जानकी चोकमा सडकमा लगाएको ठेला हटाउने विषयमा विवाद हुँदा झडप भएको थियो । नगरप्रहरीले बल प्रयोग गरेको देख्दा स्थानीय युवाहरू पनि आक्रोशित भएका थिए । सोही क्रममा भनाभन भई झडप भएको थियो ।
झडप भएको खबरपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट गएको प्रहरी टोलीले जानकी चोकका किशन मण्डल, कन्हैया दास, सुभाष साह, सोनु साहलगायतका ९ जनालाई नियन्त्रणमा लिएको थियो ।
जनकपुरधाम उपमहानगरले फुटपाथ खाली गराएपनि व्यववस्थापन नगरेको भन्दै व्यवसायीहरु आन्दोलनमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1