Sunday, June 23
Shadow

राैतहटमा अटाे र बसकाे ठक्कर, ३ जनाकाे ज्यान गयाे

सचतक नेपाल डेस्क,
२ भदाै, राैतहट। आज बिहान चन्द्रपुर नगरपालिका–२ पूर्व पश्चिम राजमार्गको पूर्वी लच्का नजिकै बस र अटोरिक्सा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

बिहीबार बिहान काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–००१ ख २०१ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो बिहान ५ बजे एक आपसमा ठक्कर खाएको प्रहरीले जनाएको छ ।



दुर्घटनामा अटोमा सवार ४ जना मानिसहरु घाइते भएका थिए जसमध्ये ३ जनाकाे मृत्यु अस्पतालमा लगेपछि भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।

मृत्यु हुनेमा अटोमा सवार सर्लाही–२ सोल्टी बस्ने ढकबहादुर लुंगेली मगर, प्रेम ठाडा मगर र अटो चालक रवि मगर हुन् । उनीहरुलाई अस्पतालमा ल्याएपछि मृत घोषणा गरिएको हो । दुर्घटनामा घाइते भएकी ढकबहादुरकी श्रीमती सबिना लुंगेली मंगरको दुवै खुट्मा चोट लागेको छ । उनको चन्द्रपुर अस्पतालमा उपचार हुँदै छ ।

बस चालक नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *