Sunday, July 21
Shadow

दार्चुला: जीप दुर्घटनामा ५ जनाकाे मृत्यु

सचतक नेपाल,
भदाै, दार्चुला। दार्चुलामा जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै ज्यान गएको छ । जीप सडकबाट पाँच सय मिटर तल खस्दा नौ जना घाइते भएका छन् ।

गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको से. १ ज ५५१ नम्बरको जीप शैल्यशिखर नगरपालिका–६ मा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

जीपमा रहेका चार पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । गम्भीर घाइते चार जनाको उद्धार गरेर उपचारको निम्ति गोकुलेश्वर पठाइएको छ । अन्यको उद्धार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *