Tuesday, June 18
Shadow

सुन जस्तै देखिने धातु सहित ४‌ जना पक्राउ

सचतक नेपाल डेस्क,
१ भदाै, राैतहट । काठमाडौंकाे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट करिब ४९ ग्रामको २ थान सुनको बेरुवा औठी र १ थान आईफोन-१३ सहित मंगलबार दिउँसो ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा दाङ तुल्सीपुर उपमहानगरपलिका-१२ घर भएका २६ वर्षीय शिखर कुमार उपाध्याय, मकवानपुर हेटौंडा उपमहानगरपालिका-९ घर भएका ४६ वर्षीय बुद्धी बहादुर थिङ, रामेछाप दोरम्बा गाउँपालिका-३ घर भएका २० वर्षीय नारायण थापा मगर र रामेछाप दोरम्बा गाउँपालिका-४ घर भएका ३२ वर्षीय राज कुमार योन्जन तामाङ रहेका प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । 

फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका शिखरलाई जाँच गर्ने क्रममा उक्त औंठी र मोबाइल सहित फेला पारी पक्राउ गरेको प्रहरीले उक्त औठी र मोबाइल लिन विमास्थलमा आएका अन्य तीन जना समेतलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *