Wednesday, January 15
Shadow

९० किलाे गाँजा सहित एम्बुलेन्स प्रहरीकाे नियन्त्रणमा

सचतक नेपाल,
३१ श्रावन, सिरहा – लाहान प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजा सहित एम्बुलेन्सलाई नियन्त्रणमा लिएको छ ।

गोप्य सूचनाको आधारमा प्रहरीले को १ च ७५७७ नम्बरकाे एम्बुलेन्स लाई खानतलासी गर्दा प्रतिबन्धित लागू औषध ९० किलो गाजा बरामद भएको प्रहरीले जनाएको हो । प्रहरीले अहिले एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएको छ ।



ईलाका प्रहरि कार्यालय लाहानका डिएसपी कुमार मैनालीको कमाण्ड खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागूऔषध गाजा बरामद गरेको हो । चालक र एम्बुलेन्स गाजा सहित ईलाका प्रहरी कार्यलय लाहान मा रखेको ईलाका प्रहरि कार्यालय लाहानका डिएसपी कुमार मैनालीले बताएका छन ।

पुर्व पछिम लोकमार्गमा पछिमबाट पुर्व जाँदै गरेको एम्बुलेन्सलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानको अगाडि बाट पक्राउ गरेको ईलाका प्रहरी कार्यलय लाहानका डिएसपी कुमार मैनालीले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *