Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114
खेतमा पानी जमेर देवाही गाेनाहीका किसानहरु पिडित | Sach Tak Nepal
Monday, February 17
Shadow

खेतमा पानी जमेर देवाही गाेनाहीका किसानहरु पिडित

प्रेम यादव,
३० श्रावन राैतहट । केहि दिन यता भएको अविरल वर्षा कारण देवाही गोनाही नगरपालिका स्थित करुनिया देखि गोनाही बजार सम्म जाने सडकखण्डको पश्चिमतिर खेती योग्य जमिनमा पानी जमेर किसानहरु पिडित बनेका छन् ।

देवाही गोनाही नगरपालिकाका नगरप्रमुख र उप नगर–प्रमुखको लापरवाही कारण खेती योग्य जमिनबाट पानी निकास हुन नसकेको र बालीनालीलाई समेत क्षति पुगेको किसानहरूले बताए । कृषि प्रधान भनिएको देशमा पनि किसानको समस्याबारे जनप्रतिनिधिहरुले पहल गर्न नसकेको किसानहरुको भनाई छ ।

रौतहटको देवाही गोनाही स्थित करुनिया देखि गोनाही बजार जाने सडक खण्डको विभिन्न ठाउँमा लगाइएको ह्यूम पाईप हटाइएपछि सडकको पश्चिमपट्टीका खेतमा पानी जमेर किसानहरु पिडित हुन बाध्य बनेका छन् । करुनिया देखि गोनाही बजार जाने सडकको विभिन्न ठाउँमा ह्यूम पाइप लगाइएको थियो । तर पूर्वतिर खेत भएका धनीहरुले विरोध गरेपछि उक्त ह्यूम पाईप हटाइएको हो ।

खेती योग्य जमिनमा पानी निकास हुन नसकेर त्यहाँका किसानहरु पिडित बन्न बाध्य भएका हुन् । पिडित किसानहरुले देवाही गोनाही नगरपालिकामा पानी निकास गर्न निवेदन समेत दिएका थिए । जसपछि हिजो (आइतवार) देवाही गोनाही नगरपालिकाको कार्यालयमा बसेको बैठकबाट पुनः ह्यूम पाईप लगाइ खेती योग्य जमिनबाट पानी निकास गर्ने निर्णय भएको थियो । रामपुकार पटेल, रामबाबु प्रसाद पटेल, देवन साह र रघुनाथ पटेलको खेत सामु १ फिटका ह्यूम पाइप जडान गरी पानी निकास गर्ने बैठकबाट निर्णय भएको थियो ।

पानी निकास गर्न निर्णय भएपनि कार्य सम्पन्न हुन सकेको छैन् । मात्र झारो टार्न काजमा निर्णय भएको र उप प्रमूख परनिया देवीको श्रीमानको रजगजका कारण कार्य सम्पन्न हुन नसेकको पिडित किसान प्रदिप साहले बताए ।

“हाम्रो पुर्वज देखिनै सोही मुहार भएर पानी निकास हुदै आएको छ । स्थानिय सरकारले यसबारे कुनै चासो देखाएको छैन् ।” पिडित किसानहरुको भनाई छ ।

नगरपालिकाको बैठकबाट निर्णय गरेपनि दुईपक्क्षिय बिवाद कारण पानी निकास हुन नसकको र पानी निकास गर्न हामी प्रयासरत रहेको देवाही गोनाही नगरपालिकाका नगरप्रमुख प्रेमलाल शाहले टेलिफोन सम्पर्कमा सचतक नेपालका टिमलाई बताए । त्यहाँ पानी निकास गर्न सडकको ५ ठाउँमा ह्यूम पाइप रहेका र यदी ५ औँ ह्यूम पाइप एक साथ खोलियो भने करिब २ घण्टामा सबै पानी निकास हुन सक्ने उनले खुलासा गरे । तर २ पक्षिय विवाद कारण ह्यूम पाइप संचालन गर्न नसकेको उनले बताए ।

पानी निकास नभएर खेतमा रोपिएका बाली समेत नष्ट भएर किसान पिरमा परेका छन् । खेती योग्य जमिनमा १५ दिन भन्दा बढी देखि पानी जमिएको छ । कम्तिमा ४०–४५ परिवारका खेतमा पानी जमेको छ ।

नगरप्रमुख शाह र उपप्रमुख परनिया देवी रहेका छन्। नेकपा एमालेबाट द्राेस्राे पटक उपप्रमुख बनेपछि उनकै रजगज बढी रहेको स्थानीयहरु बताउँछन्। यसअघि एमालेकै नगरप्रमुख शाहका २ छोराहरुले‌ उचिडी निवासी कलाकार राैनक नविनलाई टिकटकमा भिडियो बनाएको कारण कुटपिट गरेका थिए ।

दुई दिन भित्र किसानकाे समस्या समाधान नगर प्रमुख शाहले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
1

1 Comment

  • Prince Pateel

    यो न्युजमा सही कम र गलत ज्यादा पुरै पार्टीगत कुराहरु लेखेको छ। यसमा टिकटकस्ंग के सम्बन्ध छ? ? खेतमा पानी जमेको कुरा स्ंग उचिडिह् मा टिकटकस्ंगको विवाद को के मतलब

Leave a Reply

Your email address will not be published. Required fields are marked *