Sunday, July 21
Shadow

२१ वर्षीय श्रद्धाले गरिन् आत्महत्या

सचतक नेपाल,
२५ श्रावन, इटहरी । इटहरीकी २१ वर्षीया श्रद्धा घिमिरेले आत्महत्या गरेकी छिन् ।

इटहरी सुष्मा कलेजमा कक्षा १२ मा अध्ययन गर्दै आएकी उनले कोठामा सलको पासो लगाएर आत्महत्या गरेकी इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्काले बताएका छन् । उनी इटहरी दिदी भिनाजुकोमा बस्ने गरेकी थिइन् ।



आफन्तका अनुसार सोमबार साँझ ५ बजेतिर कोठा खोल्ना नखोलिएपछि ढोका फोरेर हेर्दा सलको पासो लगाएको अवस्थामा भेटिएकी थिइन् ।

मृतकको पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *