Sunday, June 23
Shadow

राैतहटमा एक जना फरार प्रतिवादी पक्राउ

सचतक नेपाल डेस्क,
२० श्रावन, राैतहट ।‌ प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा वारदात पश्चात फरार रहेका एक जना प्रतिवादीलाई पक्राउ गरेको छ।

बिहिबार जिल्ला प्रहरी कार्यालय राैतहटबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्ला रौतहट राजपुर नगरपालिका – १ बस्ने वर्ष ३० काे बाबुजान मियाँ कवारी भन्ने महम्द मैरोदिनलाई पक्राउ गरेको छ।

पक्राउ व्यक्तिलाई आज प्रहरीले रौतहट जिल्ला अदालत समक्ष पेस गरेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी ) बीरबहादुर बुढामगरले जनाएको छ।

राैतहट एसपी: बीरबहादुर बुढामगर

बुधबार पत्रकार सम्मेलन बिच प्रहरी उपरीक्षक बुढामगरले अपराध अनुसन्धानमा हामी कसैसंग कुनै सम्झौता गर्न नसकिने कसुर अनुसारको कारवाही गरेर कानुनी कटघेरामा ल्याउने प्रतिबद्धता गरेका हुन्।

यसअघि पनि शनिबार अपहरण तथा ज्यान मुद्दामा वारदात पश्चात फरार रहेका ३ जना प्रतिवादीहरुलाई राैतहट प्रहरीले पक्राऊ गरेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *