Sunday, July 21
Shadow

ससुराका सदस्यहरुले गर्भमै आमाछाेरी दुबैकाे हत्या गरेको आरोप

सचतक नेपाल डेस्क,
२० श्रावन, राैतहट । गर्भवती भएको पाँच महिना समेत नबित्दाँ विभिन्न बहानामा कुटपिट गरी घरपरिवारले नै हत्या गरेको माइत पक्षले आरोप लगाएको छ ।

रौतहटको मौलापुर नगरपालिका ७ संगैया टोलका सियाराम साहको छोरा रविन्द्र साहकी श्रीमती २१ वर्षीया पुनम साहको हत्या ससुराका सदस्यहरु मिलेर गरेकाे माइत पक्षले आरोप लगाएको हो । गत साउन १५ गते बिहान घरमा पासोमा झुण्डेको अवस्थामा पुनमको शव फेला परेको थियो ।

बारा जिल्लाको पचरौता नगरपालिका वडा नं. ९ कुडवा टोलका हरेन्द्र प्रसाद साहकी २१ बर्षीय छोरी पुनमको ५ वर्ष अघि रविन्द्र साहसंग समाजिक परम्परा अनुसार विवाह भएको थियो । माइत पक्षले बिहीबार रिपोर्टर्स क्लब नेपाल रौतहट शाखामा पत्रकार सम्मेलन गरी मृतक पुनमकी दाई पन्नालाल साहले आफ्नो बहिनीको घरपरिवारका सदस्यहरुले मिलेर हत्या गरेको दावी गरेका हुन् ।

ससुरा पक्क्षले‌ गर्भमा पुनः पाँच महिनाको छोरी रहेको अनुभूति भएपछि पुनमको हत्या गरेकाे र हत्या गरी पासोमा झुण्ड्याएर आत्महत्या पुष्टि गर्न खोजेको मृतककी दाई पन्नालालले दावी गरे ।

मृत्यु भएको करिब १० घन्टाको अन्तरालमा माइतपक्षलाई जानकारी दिएको र प्रहरी तथा ससुरा पक्षका व्यक्तिहरुले शव समेत हेर्न नदिएको आरोप लगाए ।

उनका अनुसार यसअघि पहिलो पल्ट दुई वर्षअघि छोरी गर्भमा रहेको थाहा पाएपछि घरपरिवारले जवरजस्ती गर्भपतन गराएका थिए । दोश्रो पटक पुनः अल्ट्रासाउण्ड गराएर गर्भमा फेरि छोरी नै रहेको थाहा पाएपछि परिवारजनले गर्भ तुहाउन दबाब दिएका थिए । तर पुनम मनाही गरेपछि हत्या गरेकाे दाई पन्नालालको आरोप छ ।

‘मेरो बहिनीको हत्या भएको ४ दिन बितिसक्यो । न्यायका लागि जिल्ला प्रहरी कार्यालय गौर रौतहटमा धाइरहेका छौं । तर प्रहरीले मुद्दा दर्ता गर्न मानिरहेको छैन’ दाई पन्नालालले भने ‘ससुरा पक्षको प्रहरी प्रशासनमा राजनीतिक ठूलो पहुच छ । त्यसैले प्रहरीले कुनै हामीलाई कुनै वास्ता गरेका छैनन् ।’

आफ्नाे छाेरी, बहिनीकाे हत्याकाे आरोपीतलाई थुनिनु पर्ने परिवारजनकाे माग रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

1 Comment

  • ??????? ?????????? ?????? ???????? ??????? ????? ????? ???? | Sach Tak Nepal

    “” very interesting,Admin – please read!

    Лучший сайт для покупки и продажи товаров – Гидра. Сегодня Hydra Юнион является самой крупной и известной торговой анонимной площадкой в СНГ. Она предлагает свои пользователям доступ к большой базе продавцов из разных стран. Здесь можно приобрести любые товары. Также вы можете сами начать продажу, зарегистрировавшись на проекте. При этом важно понимать, что сайт гарантирует безопасность, а потому проверяет каждого своего продавца. Для этого используются различные способы, в числе которых – тайные покупатели. Потому вы можете быть уверены в качестве покупаемых товаров, честности продавцов, и безопасности покупок на Гидра онион. А для перехода на сайт, просто использовать активную ссылку Hydra анион – https://xn--hydraruzxpnw4af-ic5h.com . гидра зеркало

Leave a Reply

Your email address will not be published. Required fields are marked *