
प्रेम यादव,
१७ श्रावन, राैतहट । राैतहटमा प्रहरी प्रमुख परिवर्तन भएका छन् । प्रहरी उपरीक्षक (एसपी) बिनाेद घिमिरेको एसएसपीमा बढुवा भएपछि उनको ठाउँमा एसपी बिरवहादुर बुढामगर आएका छन् ।
नेपाल प्रहरी केन्द्रीय प्रहरी बिशेष कार्यदल काठ्माण्डौ बाट सरुवा भएका बुढामगरले साेमबार राैतहट पुगेर मंगलबार कमाण्ड सम्हालेका छन् ।
बुढामगरले सबै पक्षसँगको सहकार्यमा जिल्लामा शान्ति सुरक्षा कायम गर्न प्रतिबद्ध रहेको बताएका छन् । ‘राैतहटका भारतीय सिमा नाकासँग जिल्ला भएकाले जिल्लालाई हरेक हिसाबले नमूना बनाउन उत्कृष्ट काम गर्ने प्रयास मेरो रहनेछ’ प्रहरी उपरीक्षक बुढामगरले भने, ‘हामी नागरिकको प्रहरी भएकाले यहाँका प्रत्येक नागरिकमा सोही खालको भावना रहनेछ भन्नेमा विश्वस्त छौँ ।’
उनले बढ्दो सवारी दुर्घटना, लागूऔषध दुर्व्यसनी, जघन्य अपराध नियन्त्रण गर्न आफ्नो पहिलो प्राथमिकता रहने बताउँदै त्यसका लागि हरेक नागरिकले प्रहरीलाई सहयोग गर्नेमा आशावादी रहेको जनाए ।